इन्द्रेणी युवा क्लब द्वारा क्यान्सर पिडितलाई सहयोग रकम हस्तान्तरण

दाङको भालुवाङमा रहेको इन्द्रेणी युवा क्लबले हिजो एक समारोह गरि राप्ती गाउपालिका ०१ भालुवाङका क्यान्सर पिडित हरि बहादुर क्षेत्रीका लागी उठाएको सहयोग रकम हस्तान्तरण गरेको छ । भालुवाङका हरि बहादुर क्षेत्रीको खुट्टामा देखिएको घाउ बिग्रीएर क्यान्सर भएको र कमजोर आर्थिक अवस्थाका कारण उपचारका लागि चाहिने रकम जम्मा गर्न नसक्ने भएपछि पिडित क्षेत्रीको आग्रहमा क्लबका अध्यक्ष भिम बहादुर मरासिनीको नेतृत्वमा क्लबले एक अभियान चलाएर सहयोग रकम उठाएको थियो । ३ किस्ता गरेर जम्मा ३८९००० रुपैया उठाएको क्लबले पहिलो किस्तामा ५२०००,दोस्रो किस्तामा २६२००० बुझाइएको क्लबका अध्यक्षले बताउनुभयो । बाकी रहेको १ किस्ताको रकम ७५००० रुपैयाँ हस्तान्तरण र पहिले बुझाएको रकमको बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरेको पत्रकार सम्मेलन तथा रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका सभापति क्लबका अध्यक्ष भिम बहादुर मरासिनी,प्रमुख अतिथि राप्ती गाउपालिका दाङका अध्यक्ष नुमानन्द सुबेदी, बिशिस्ट अतिथी राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष जगत पोख्रेल, एओन टेलिभिजनका प्रबन्धक अमृतमान वली, पत्रकारहरु,क्लबका सदस्यहरु,स्थानिय बुद्धिजीवी लगायतका बिच सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण समारोहमा बोल्दै पिडित हरि बहादुर क्षेत्रीले क्लब र सहयोगी दाताहरुको मद्दतले आफू पुन: कृत्रिम खुट्टा जोडेर हिड्न सक्ने भएकोमा खुशी व्यक्त गर्दै सम्पुर्ण सहयोगी हरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

भिडियो हेर्न यहा Click गर्नुहोस ।

https://www.facebook.com/AoneTelevisionOfficial/videos/1677432212391294/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्द्रेणी युवा क्लव भालुवाङद्वारा स्वास्थ्य सामाग्रीको वितरण

Tue Apr 7 , 2020
 हिमाल खडका चैत २५ ,दाङ | दाङको भालुवाङमा रहेको इन्द्रेणी युवा क्लबले   विभिन्न स्वास्थ्य  बितरण गरेको  छ। राप्ति गाउपालिका भित्र रहेका लालमटिया स्वास्थ्य चौकी र  सिसहनिया स्वास्थ्य चौकीलाइ लुज ग्लोब,सर्जिकल ग्लोब,सर्जिकल मास्क,सेनिटाइजर,हाताधुने साबुन,लगायतका  सामाग्रीहरु वितरण गरेको  हो।  त्यस्तै ससस्त्र प्रहरी गण भालुवाङ, इलाका प्रहरी कार्यालय  भालुवाङ र ट्राफिक प्रहरी कार्यालय […]