रुख ढलेर घर च्याप्दा श्रीमानको मृत्यु श्रीमती घाईते, शव ३ दिनपछि निकालियो | Dang

अमृतमान वली
बैशाख ५ दाङ | दाङको बबई गाउपालिका ०१ गङ्गटेमा रुख ढलेर घर च्यापिदा एकजनाको घटनास्थलमा नै मृत्यु भयो भने एकजना घाइते भए । मिति २०७६ चैत ९ गते बर्षात संगै आएको हावाहुरीले घर नजिकै रहेको रुख ढलेर घर च्यापिदा घरभित्र खाना खादै गरेका वृद्ध दम्पतीलाई घरले पुर्यो । पुरिएर ७२ वर्षीय वृद्ध दल बहादुर परियारको घटनास्थलमै मृत्यु भयो भने उनकी श्रीमती ५८ वर्षीया झुपी परियार घाइते हुनुभएको छ । मृतक दल बहादुर परियारको शब करिव ३ दिन पछि पुरिएको ठाउबाट निकालेर दाहसंस्कार गरिएको थियो । घाइते भएकी झुपी परियारको खुट्टा भाचिएको छ तर घरको आर्थिक अबस्था एकदमै कमजोर भएको र साथसाथै देश लकडाउनमा भएका कारण पनि उहाँको उपाचार गर्न गाह्रो भएको उहाँका छोराले बताउनु भएको छ । यति ठूलो घटना भएपनी पनि कमजोर आर्थिक अबस्थाका कारण उपचार गर्न नसकेको पीडा पिडित झुपी परियार र उहाँको परिवारले यसरी व्यक्त गरेका छन ।

हेर्नुहोस भिडियोमा

https://www.youtube.com/watch?v=vd2cmSA59uU

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अद्भुत क्षमताले दुनियाँ चकित पार्दै दाङकि सावित्रा बि.क. | भिडियो सहित

Fri Apr 17 , 2020
हिमाल खड्का बैशाख ५ दाङ | दाङको दङ्गिसरण गाउपालिका ०६ थपगाउकी चेली साबित्रा बि.क. अहिले आफ्नो अद्दभुत नृत्यकलाका कारण चर्चामा रहेकी छिन । नेपाली मौलिक बाजामा फरक खालको नृत्य प्रस्तुत गर्न सक्ने साबित्राले स्थानिय स्तरका विभिन्न कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुत गर्दै आइरहेकी छिन । घुडाले टेकेर चारैतिर घुमेर नृत्य प्रस्तुत […]