इन्द्रेणी युवा क्लबको अभियान,पैदलयात्रीलाई खाजा र पानी बितरण

हिमाल खड्का
बैशाख ६ दाङ | राप्ती गाउँपालिका वडा न. १ दाङ्ग स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई नास्ता खुवाउने अभियान संचालन गरेको छ ।प्रत्येकलाई एउटा चाउचाउ,एउटा बिस्कुट,चिउरा र एक बोतल पानी बाडिने गरेको क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले बताउनुभयो । बैशाख ४ गते देखि शुरु गरिएको अभियानमा शुरुआतमा क्लबका सद्स्यहरुले ब्यक्तिगत रुपमा पैसा उठाएर सहयोग गरिएकोमा अहिले विभिन्न सहयोगीदाताहरु थपिनेक्रम बढिरहेको क्लबले जानकारी गराएको छ । क्लबले बैशाख ४ गते २६५ जना र बैशाख ५ गते २४० जनालाई खाजा खुवाईएको र अब अझै थप ब्यबस्थापन सहित अभियानलाई निरन्तरता दिने क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले बताउनुभएको छ।

अहिले सम्मको खाजा ब्यबस्थापनका लागि आङ दावा शेर्पा (भालुबाङ) बाट रु. ५,०००, गायक तथा समाजसेवी बिक्रम राना (लालमटिया) बाट रु २,५०० र ७० जोडि चप्पल, मान बहादुर जि. सि.(भालुबाङ) बाट रु १,०००,डुल प्रसाद श्रेष्ठ ( राजु) भालुबाङ बाट रु ५००,भरत खड्का भालुबाङ हाल अमेरिका बाट रु ५,०००,क्याप्टेन शरद मरासिनी भालुबाङ्ग हाल पाकिस्तान बाट रु ५,०००, शिशिर मरासिनी भालुबाङ्ग हाल भर्जिनिया अमेरिका बाट ५,१०० र क्लब का अध्यक्ष भिम बहादुर मरासिनी बाट रु. २,००० नगद रकम सहयोग भएको र जिन्सी तर्फ महेन्द्र खनाल (भालुवाङ) बाट ३ बोरि चिउरा, ईलाका प्रहरी कार्यालय भालुबाङकि प्रहरि हवल्दार सीता बस्नेत बाट १० किलो चिउरा,इभरल्यान्ड होटेल भालुवाङ बाट चाउचाउ र बिस्कुट गरि ५ पेटि र २० किलो चिउरा, कृष्ण प्रसाद खनाल (भालुबाङ) बाट ४ पेटि चाउचाउ, खवाय होटेलका संचालक राम बहादुर पुन बाट २ पेटि चाउचाउ,प्रदिप न्यौपाने (भालुबाङ) ८ पेटि मिनरल वाटर, राम बहादुर रोका (भालुबाङ) ४ पेटि मिनरल वाटर सहयोग गरिएको क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले बताउनुभयो । लोक गायक बिक्रम रानाले दिएको बच्चा र महिला पुरुषले लगाउन मिल्ने खालको १०० जोर बराबरको चप्पल खाली खुट्टा हिडिरहेका विभिन्न पैदलयात्रीहरुलाई बाड्ने गरिएको छ । साथै क्लबले गाडीको ब्यबस्थापन गरेर पैदल यात्रीहरलाई दाङको सिमानासम्म पुर्याउदै आएकोमा जिल्ला प्रसासनले रोक लगाएपछि अहिले राप्ती गाउपालिकाको अन्तिम सिमानासम्म पुर्याउने गरिएको र आशाका किरण सस्था भालुबाङ्गका सदस्यहरु स्वयंसेवकका रुपमा क्लबलाई सघाउन आउनु भएको छ । क्लबको ब्यानर ओम फोटो स्टुडियो भालुबाङ्गको तर्फबाट सौजन्य प्राप्त भएको समेत क्ल्बका अध्यक्षले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाली खुट्टै हिडेका पैदालयात्रीलाई चप्पल वितरण | Dang

Mon Apr 20 , 2020
हिमाल खड्का बैशाख ०८ दाङ | राप्ती गाउँपालिका वडा न. १ दाङ्ग स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई केही दिन देखि नास्ता खुवाउने अभियान संचालन गरिरहेको छ । प्रत्येकलाई एउटा चाउचाउ,एउटा बिस्कुट,चिउरा र एक बोतल पानी बाडिने गरिरहेको र अबदेखी चप्पल बिना पैदल हिडेर आएका […]