बिबाह खर्च कटाएर विद्यालयलाई रु १,५०,००० सहयोग

अमृतमान वली
दाङ बैशाख २६ | दाङका नवविवाहित एक जोडीले विवाहको खर्च कटाएर विद्यालयलाई रु १५०००० बराबरको पुस्तकालय निर्माण गर्ने घोषणा गरेका छन् ।

दाङ्गको बबई गाउपालिका-२ ट्वाङ्गखोलाका स्थायी वासिन्दा नेपाल बिधुत प्राधिकरण अमुवा वितरण केन्द्र रुपन्देहीका प्रशासन प्रमुख तथा नेपाल ट्रेडयुनियन कांग्रेस प्रदेश न. ५ का युवा समिति सचिव रहेका सुरेन्द्र के.सी. र सल्यान जिल्ला क्षत्रेश्वरी गाउपालिका-३ निवासी तथा रोल्पा नगरपालिका लिवाङ्गमा कार्यरत सव-ओभरसियर मिना खड्का बिच मिति २०७७/०१/२५ गते सु-संम्पन्न भएको शुभ बिवाहको अवसरमा बबई गाउपालिका-३ हंसपुरमा अवस्थित पुरन्धारा बहुमुखी क्याम्पसमा आफ्नो बिबाह खर्च कटौती गरि सार्बजनिक पुस्तकालय स्थापना गर्ने घोषणा गरेका हुन् ।

पछिल्लो समय इन्टरनेट क्रान्तिका कारण पुस्तकको महत्वमा कमजोर आकलन भैरहेको तथा युवा पुस्तामा पुस्तकहरु खोजेर अध्ययन गर्ने बानी कम हुदै गैरहेकोले अध्ययनका लागी प्रेरणा र पढ्ने बानीको बिकास गर्न तथा ज्ञान आर्जनका लागी पुस्तक प्रमुख र महत्व पूर्ण श्रोत हो भन्ने मान्यताका साथ पुस्तकालय स्थापना गर्ने सोच बनाएको केसी दम्पतीले A-one Television संग बताए ।

पक्कै पनि यस्ता विवाह, व्रतबन्ध तथा विभिन्न सभा समारोहका नाममा गरिने अनावश्यक फजुल खर्चहरुको कटौती गर्नु अनुकरणीय कार्य नै हो । के.सी. दम्पतीद्वारा गरिएको उक्त कार्य प्रसंसनिय मात्र नभई यसले समाजमा शिक्षा नै मानिसलाई सचेत, विवेकी तथा साच्चिकै मानवीय बन्न प्रेरित गर्ने पहिलो माध्यम हो भन्ने मान्यतालाई थप मजबुत बनाउदै शैक्षिक तथा सामाजिक क्षेत्रमा अवस्य पनि सकारात्मक सन्देश दिनेछ ।
पछिल्लो समय बिवाह पार्टीका नाममा एक-अर्कामा प्रतिस्पर्धा गर्दै धेरै खर्च गरे समाजमा मान प्रतिस्ठा बढ्ने भ्रामक सोचका कारण चल्दै गएको कुरीतिलाई के.सी.दम्पतीले रोजेको बटोले ठुलो झापट दिदै सकारात्मक सोचको बिकास गर्नमा समेत सहयोग पुर्याउनेछ ।

 

Leave a Reply

Your email address will not be published.

Next Post

नेपालमा थप २५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४२७ पुग्यो ।।

Wed May 20 , 2020
७ जेठ – आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण देखिएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै […]