दाङमा रातिको समयमा गरिएको निषेद्याज्ञा कायमै,सवारी साधनमा पनि जोर बिजोर लागु

९ भदौ,  दाङ । कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गते देखी ८ गतेसम्मका लागी गरिएको रातीको निषेद्याज्ञा कायमै रहने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि गरेको निशेद्याज्ञालाई कायमै राख्ने निर्णय गरेको हो । वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षत्तामा भएको छलफलमा दाङका सबै स्ठानिय तहका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा थियो । वैठकले भदौ ११ गतेदेखि जिल्लाभर लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोड बिजोड प्रणाली लागू गर्ने, बजार लगायतका स्थानमा स्वास्थ्य मापदण्ड पुरा नगर्नेलाई नगद तथा अन्य कारबाही गर्ने निर्णय गरेको छ ।

वैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचारप्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ । वैठकले सबै गाउँपालिकामा क्वारेन्टाइन, आईसोलेसनको व्यवस्था गर्ने, कन्ट्रयाक ट्रेसिङ, चेकजाँच बढाउने निर्णय गरेको छ ।

वैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहागरपालिकाका उपप्रमुख माया आचार्य, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, बबई गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेल, दंगीशरण गाउँपालिका प्रमुख भागिराम चौधरीलगायतकाले आ–आफ्ना सुझाबहरु राख्नुभएको थियो ।

अव अर्को सुचना जारी नहुँदासम्मको लागि रातिको निषेद्याज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घर लिप्ने माटो खन्दा ढिस्कोले पुरिएर कम्मर भाँचियो,उपचार खर्च जुट्याउनै सकस

Tue Oct 13 , 2020
हिरालाल खड्का  २७ असोज, दाङ। बडा दशैं हर्षोल्लासको एउटा पर्व जुन हिन्दू धर्मालम्विहरुको महान चाड हो । जब दशैं नजिकैदै गर्छ तब मानिसहरु आफु बस्ने घरलाई रङ्गिन बनाउनतर्फ लाग्छन । शहरीयाहरु फरक फरक खालका रङहरुले आफ्ना घर सजाउन थाल्छन भने गाउलेहरु गज्जबको कमेरो माटो लिएर आफ्नो घरमा धपक्क बल्ने गरी […]

You May Like