घर लिप्ने माटो खन्दा ढिस्कोले पुरिएर कम्मर भाँचियो,उपचार खर्च जुट्याउनै सकस

हिरालाल खड्का

 २७ असोज, दाङ। बडा दशैं हर्षोल्लासको एउटा पर्व जुन हिन्दू धर्मालम्विहरुको महान चाड हो । जब दशैं नजिकैदै गर्छ तब मानिसहरु आफु बस्ने घरलाई रङ्गिन बनाउनतर्फ लाग्छन । शहरीयाहरु फरक फरक खालका रङहरुले आफ्ना घर सजाउन थाल्छन भने गाउलेहरु गज्जबको कमेरो माटो लिएर आफ्नो घरमा धपक्क बल्ने गरी लिपेर घर रङ्गाउने कार्यमा जुट्छन ।

यसपालिको दशैं कोरोनाले गर्दा रङ्गिन हुन नसक्ने देखिए पनि आफ्नो घर रङ्गिन बनाउने योजना थियो बबई गाउपालिका वडा नम्बर ३ कि दिपा केसीको । तर भाविको खेल अर्कै भयो , अहिले उनी काठमाडौंको टिचिङ हस्पिटलको शैयामा छटपटाईरहेकी छिन । घटना गएको १९ गतेको हो। घर लिप्नका लागि कमेरो माटो ल्याउन उनी घरदेखी केही टाढा रहेको जङलमा गईन ।

त्यहाका बासिन्दाहरुले कमेरो ल्याउनका लागि खनिएको ठाउँ निकै गहिर भएको रहिछ । उनी पनि त्यही खाडलमा पसेर कमेरो निकाल्न शुरु गरिन । तर एकैछिनमा अकास्मात माथिबाट माटोको ढिस्को खसेर उनी त्यही खाडलमा पुरीन पुगिन । पछी नजिकै रहेका अन्य व्यक्तिहरुले उनलाई त्यहाबाट उद्दार गरे र नजिकैको शहर तुलसिपुरमा उपचारका लागि लगियो । तर त्यहा उपचार सम्भब नदेखिएपछी उनलाई काठमाडौं रिफर गरियो । उनी अहिले काठमाडौंको टिचिङ हस्पिटलमा उपचाररत छिन । उनको शरीररका धेरै जस्तो भागहरु भचिएको छ। कम्मरदेखि मुनिको कुनै पनि भाग चल्दैन।

उपचारको लागि करीब १० देखी १२ लाख खर्च लाग्ने भएको दिपाका पती रुद्र केसिले हामीलाई जानकारी गराएका छन । मध्यम बर्गिया परिवारका उनिहरुलाइ अहिले १२ लाख जुट्याउन निकै सकस परेको छ। कोरोनाले गर्दा आफु पनि कमाउन कतै जान नसकेको र दशैंको मुखैमा दशा लागेपछि आफु अब कसरी अगाडि बढ्ने भनेर केही पनि सोच्न नसेकोको पिडा केसिले हामी सँग व्यक्त गरे ।

केसी भन्छन ‘सिधै माग्न पनि सकिदैन,नमागेर उपचार गराउन कठिन पर्ने अवस्था छ यस्तो अवस्थामा को सँग गुहार माग्ने ‘ उनको यो पिडाले भरिएको बोलीलाई महसुस गरेर हामीले यो लेखलाइ समाचार मात्रै भन्दा पनि एउटा सहयोगको अपिलका रुपमा सम्प्रेषण गरेका छौं। सक्नुहुन्छ भने दिपा केसीका लागि सक्दो सहयोग गरिदिनुहोला र उनको दशैंलाई सुभ बनाउने कोसिस गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

झलनाथ-बिपनाको अर्गानिक प्रेम जोडी,टिपिकल भिडियोले चर्चा बटुल्दै ( भिडियो सहित )

Wed Oct 14 , 2020
हिमाल खड्का २८ असोज, दाङ।  आजभोलि भाइरल हुने क्रम निकै चलिरहेको छ । कोहि जानाजान आफुलाई भाइरल गराउन चाहान्छन त कोहि अन्जानमै भाइरल भएका हुन्छन । पछिल्लो समय विभिन्न सामाजिक संजालहरु भाइरल हुने र हुनमा निकै सहयोग गर्ने माध्याम बनेका छन । त्यो मध्यको एउटा हो टिकटक । टिकटकमा निकै […]