इन्द्रेणी युवा क्लव भालुवाङद्वारा स्वास्थ्य सामाग्रीको वितरण

 हिमाल खडका

चैत २५ ,दाङ | दाङको भालुवाङमा रहेको इन्द्रेणी युवा क्लबले   विभिन्न स्वास्थ्य  बितरण गरेको  छ। राप्ति गाउपालिका भित्र रहेका लालमटिया स्वास्थ्य चौकी र  सिसहनिया स्वास्थ्य चौकीलाइ लुज ग्लोब,सर्जिकल ग्लोब,सर्जिकल मास्क,सेनिटाइजर,हाताधुने साबुन,लगायतका  सामाग्रीहरु वितरण गरेको  हो।  त्यस्तै ससस्त्र प्रहरी गण भालुवाङ, इलाका प्रहरी कार्यालय  भालुवाङ र ट्राफिक प्रहरी कार्यालय भालुवाङ  लाई पनि हाताधुने साबुन,सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण  गरेको  छ।

सहयोग सामाग्रीहरु हस्तान्तरण गर्दै  अध्यक्ष भिम बहादुर  मरासिनीले यो कोरोना भाइरसको जोखिम परिस्थितिमा क्लबको तर्फबाट सानो सहयोग गरिएको र आफुले सक्दो सहयोग आगिमी दिनहरुमा पनि गर्ने जानकारी गराउनु भएको थियो।  साथै देशको यो संकटकालको सामाना गर्न सबै नेपालीहरु एकजुट भएर लाग्न र सरकारका निर्देशनहरुको  पालना गरेर होम क्वारेण्टाइनमा बसेर आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नमा मद्दत गर्न सम्पूर्णलाई आग्रह गर्नुभएको थियो ।

क्लबका सचिब जीवन शेर्पा,कोषाध्यक्ष मोहन श्रेष्ठ,वडा नम्बर १ का सदस्य गीता थापा,पत्रकार बिदुर एम.सी लगायतको रोहबरमा सामाग्रीहरु वितरण गरिएको थियो भने भालुवाङ हेल्थ  पोस्ट  इञ्चार्ज गिर बहादुर पौडेल,सिसहनिया हेल्थ पोस्ट इन्चार्ज धन बहादुर खड्का,ससस्त्र प्रहरी गण भालुवाङका  प्रमुख , इलाका प्रहरी कार्यालय  भालुवाङका प्रमुख र ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख ले उक्त सामाग्रीहरु बुझिलिनुभएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजसेवी भिम बहादुर मरासिनीद्वारा सहयोग वितरण | प्युठान

Wed Apr 8 , 2020
हिमाल खडका चैत २६ ,दाङ | कोरोना भाइरसले फैलाएको यो विषम परिस्थिति संग लड्नका लागि विभिन्न ब्यक्तिहरुले आफ्नो तर्फबाट सहयोग गरिरहेका छन । यसै क्रममा प्युठान जिल्ला सरुमारानी गाउपालिकाका समाजसेवी भिम बहादुर मरासिनी (हंसपुरे) ले आफ्नो ब्यक्तिगत तर्फबाट केही सामाग्रीहरु वितरण गर्नुभएको छ । भाइरसबाट उच्च जोखिम रहेका स्वास्थ्यकर्मी र […]