समाजसेवी भिम बहादुर मरासिनीद्वारा सहयोग वितरण | प्युठान

हिमाल खडका

चैत २६ ,दाङ | कोरोना भाइरसले फैलाएको यो विषम परिस्थिति संग लड्नका लागि विभिन्न ब्यक्तिहरुले आफ्नो तर्फबाट सहयोग गरिरहेका छन । यसै क्रममा प्युठान जिल्ला सरुमारानी गाउपालिकाका समाजसेवी भिम बहादुर मरासिनी (हंसपुरे) ले आफ्नो ब्यक्तिगत तर्फबाट केही सामाग्रीहरु वितरण गर्नुभएको छ ।

भाइरसबाट उच्च जोखिम रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको लागि केही सुरक्षाका सामाग्रीहरु बितरण गर्नुभएको हो । उहाले दर्भान प्रहरी चौकी,बड्डारा प्रहरी चौकी,बाङ्गेसाल स्वास्थ्यचौकी,जसपुर स्वास्थ्यचौकी,हंसपुर स्वास्थ्यचौकी,बड्डारा स्वास्थ्य इकाई,ददरी स्वास्थ्य इकाई र किमिचौर स्वास्थ्य इकाईलाई लुज ग्लोब,सर्जिकल मास्क, सेनिटाइजर, हातधुने साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गर्नुभएको हो ।

साथै सरुमारानी ६ का समाजसेवी युवाहरु खड्ग बहादुर पुन,भागिराम बुढा र कृष्ण बहादुर पुनको बिशेष पहलमा लक डाउनका कारण समस्यामा परेका बिपन्न,जेष्ठ नागरिक,एकल महिला हरुका करिब १२ परिवारलाई प्रति परिवार १० किलो चामल,१ लिटर तेल,१ किलो दाल , १ किलो आयोडिन नुन र नुहाउने साबुन वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुख ढलेर घर च्याप्दा श्रीमानको मृत्यु श्रीमती घाईते, शव ३ दिनपछि निकालियो | Dang

Fri Apr 17 , 2020
अमृतमान वली बैशाख ५ दाङ | दाङको बबई गाउपालिका ०१ गङ्गटेमा रुख ढलेर घर च्यापिदा एकजनाको घटनास्थलमा नै मृत्यु भयो भने एकजना घाइते भए । मिति २०७६ चैत ९ गते बर्षात संगै आएको हावाहुरीले घर नजिकै रहेको रुख ढलेर घर च्यापिदा घरभित्र खाना खादै गरेका वृद्ध दम्पतीलाई घरले पुर्यो । […]

You May Like