खाली खुट्टै हिडेका पैदालयात्रीलाई चप्पल वितरण | Dang

हिमाल खड्का

बैशाख ०८ दाङ | राप्ती गाउँपालिका वडा न. १ दाङ्ग स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई केही दिन देखि नास्ता खुवाउने अभियान संचालन गरिरहेको छ । प्रत्येकलाई एउटा चाउचाउ,एउटा बिस्कुट,चिउरा र एक बोतल पानी बाडिने गरिरहेको र अबदेखी चप्पल बिना पैदल हिडेर आएका र खुट्टा सुन्निएर हिड्न नसक्ने अबस्थामा भएका पैदलयात्रीहरुलाइ चप्पल बितरण गर्ने र गन्तव्य स्थलसम्म पुर्याउने गरिएको क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले जानकारी गराउनु भयो ।

 

बैशाख ४ गते देखि शुरु गरिएको यस अभियानमा विभिन्न सहयोगीदाताहरुले पनि सहयोग गरिरहनु भएको छ । यसै क्रममा सन्तोष रिजाल भालुवाङ हाल दुबई बाट रु ५०००,दीपेन्द्र बिक्रम जि सि भालुवाङ हाल दुबई बाट रु ५०००,कुसुम मगर गढवा गाउपालिका कर्मचारी बाट ५०००, दाङको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी बाट १२ कार्टुन चाउचाउ,१ बोरि चिउरा लुज ग्लोबस सेनिटाइजर लगायतका सामाग्रीहरु,दुर्गा फलफुल पसल भालुवाङ बाट ४ क्यारेट फलफुल,अमृत जनस्वास्थ्य भालुवाङ बाट ३ कार्टुन बिस्कुट र चाउचाउ, लेखनाथ भुसाल भालुवाङबाट ५ पेटि पानी र २ कार्टुन चाउचाउ,लक्ष्मी खनाल भालुवाङ बाट ५ पेटि पानी र १ कार्टुन चाउचाउ,कल्पना शाही भालुवाङ बाट ५ पेटि पानी र १ कार्टुन चाउचाउ,दिपेश पाठक भालुवाङ बाट ५ पेटि पानी र २ कार्टुन चाउचाउ,भुवन केसि भालुवाङ बाट ३ कार्टुन चाउचाउ,हिमा मरासिनि भालुवाङ हेल्थ पोस्टकि सिनियर अनमी बाट ५ पेटि पानी,हेमन्त मरासिनी भालुवाङ बाट ५ पेटि पानी,सरस्वती श्रेष्ठ (मरासिनी) भालुवाङ बाट ५ पेटि पानी र कल्पना पछाई भालुवाङ बाट ३ कार्टुन चाउचाउ र बिस्कुट सहयोग प्राप्त भएको क्लबका अध्यक्ष भिम बहादुर मरासिनी जानकारी गराउनुभयो । यो अभियान लकडाउन अबधिभर संचालन गरिने पनि उहाले जानकारी गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाख्रा चराउन गएकै बेला बलात्कृत भएकी १६ बर्षिया बालिका यस्तो भन्छिन | हेर्नुहोस भिडियो

Wed May 6 , 2020
हिमाल खड्का दाङ बैशाख २४ | दाङमा जबरजस्ती करणीको एउटा घटना घटेको छ। दाङको शान्तिनगर गाउँपालिकां ४ कि १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दंगीशरण गाउँपालिका ८ चखौरा का २२ बर्षीय सचिन चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको प्रहरी प्रबक्ता एवं डिएसपी सुमित खड्काले बताए । शनिवार जंगल […]