नेपाल बैंकले ब्याज छुट दिने ।

 

नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशतले छुट दिने भएको छ। कोरोना संक्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक अन्य सबै कर्जामा छुट दिन निर्देशन दिइएको थियो।

नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीका अनुसार यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत विन्दुले छुट पाउनेछन्।

विसं २०७७ वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ। यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैंकको आधारदर बराबरकै अर्थात् ७.८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अत्यावस्यक सेवामा खटिने कर्मचारीको कोरोना विमा गरियोस- कर्मचारी संघ

Sun May 24 , 2020
  काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ट्रेड युनियन कर्मचारी संघले कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा महसुल संकलन र मिटर रिडिङ लगायत अत्यावस्यक सेवामा खटिएका कर्मचारीको ‘कोरोना बीमा’ गर्न माग गरेको छ । संघले आइतबार कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग राखेको हो । कोरोना संक्रमितको संख्या बढ्दै […]