खानेपानी माथीको निजीकरण शुल्क तिर्दा पनि उपभोक्ताको धारा काटियो ।

हिमाल खडका

१३ जेष्ठ,दाङ ।। दाङको बबई गाउपालिकामा रहेको पुरन्धारा सरसफाइ तथा खानेपानी उपभोक्ता समिती बबई गाउपालिका ०३
ले पानीमाथी एकाधिकार देखाएको छ।
उक्त समितीले बबई गाउपालिका वडा नम्बर ०३ को रातामाटाका बासिन्दाका लागि शुरुमा रु५०० र न्युनतम शुल्क मासिक रु २५ लिई करिब १५ घरको लागि छोडिदिएको एउटा धारा आफ्नो मनमानीले काटिदिएको छ । नजिकै रहेको घट्टेखोलामा पनि अर्को खानेपानी आयोजना निर्माणाधीन छ र उक्त १५ घरले यो आयोजना सम्पन्न भएपछी आफू उक्त आयोजनाको उपभोक्त बन्नसक्ने भनेपछि बिना जानकारी पानी काटिएको हो ।

घट्टेखोलामा निर्माणाधीन खानेपानी आयोजना सम्पन्न हुन अझै १ वर्ष भन्दा बढी लाग्ने भएको र खादै गरेको पानी जबर्जस्ति काटिदिएपछी अहिले उक्त टोलमा पानीको हाहाकार मच्चिएको छ । पानी किन काटिएको भनेर सोध्दा तिमिहरु पछि गएर हाम्रो स्थायी उपभोक्ता बन्ने हो भने पानी दिन्छौं होइन भने हामी यो धारा दिन सक्दैनौं भन्ने तर्क उपभोक्त समितीका सदस्यहरुको छ । यो उपभोक्ता समितीले पनि नया ट्यान्की निर्माण गरेर अबको करिब १ वर्षपछि पानी पुर्याउने योजना बनाएको छ । तर टोलबासिहरुले आफुहरुले पहिले नै घट्टेखोलाको पानीको उपभोक्ता बन्ने भनेर पैसा बुझाइसकेकोले अहिले नै यता स्थायी उपभोक्ता बन्न नसकिने भनेका छन ।उक्त योजनाको खानेपानीको उपभोक्त बन्न नमानेपछी आफुहरुले पैसा तिरेर अहिले खादै गरेको पानी काटिदिएको र समितिले मानवता बिरोधी कार्य गरेको स्थानीयको गुनासो छ ।उपभोक्ता शुल्क रु५०० र न्युनतम शुल्क मासिक रु २५ बुझाएर १५ घरले उपभोग गर्दै आएको एउटा धारा पनि काटिनु गलत कार्य भएको टोलबासिको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कमल गाउलेको धमाकेदार गाईजात्रा-२०७७ सार्वजनिक

Thu Jul 23 , 2020
हिमाल खड्का   साउन ०८ | चर्चित हास्यव्यंग कलाकार कमल गाउलेको २० औं गाइजात्रा के के हुने हो ( k k hune ho ) आज सार्वजनिक गरिएको छ । पत्रकार महासंघ घोराहीमा एक कार्यक्रमका बिच नयाँ गाइजात्रालाई कमल गाउलेको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गाइजात्राका निर्माता तथा […]