कमल गाउलेको धमाकेदार गाईजात्रा-२०७७ सार्वजनिक

हिमाल खड्का  
साउन ०८ | चर्चित हास्यव्यंग कलाकार कमल गाउलेको २० औं गाइजात्रा के के हुने हो ( k k hune ho ) आज सार्वजनिक गरिएको छ । पत्रकार महासंघ घोराहीमा एक कार्यक्रमका बिच नयाँ गाइजात्रालाई कमल गाउलेको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गाइजात्राका निर्माता तथा कार्यक्रमका सभापति कमल गाउले ले आफू २०औं वर्ष पहिलेदेखि समसामयिक बिषयबस्तुमा हरेक गाइजात्रामा व्यंग्य गर्दै आइरहेको र यसपटक पनि भ्रष्टाचार र बेथितिलाई बिशेश व्यंग गरेर यो गाइजात्रा तयार पारेको बताउनुभयो । त्यस्तै गाइजात्रालाई हेरिसकेपछी अन्त्यमा प्रतिक्रिया दिदै कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले गाइजात्रा एकदमै उत्कृष्ट भएको र समसामयिक बिषयलाई टपक्क टिपेर गाइजात्रा बनाएकोमा कमल गाउलेलाई धन्यवाद दिदै बधाई ज्ञापन गर्नुभयो । देशमा बेथिती र भ्रष्टाचार बढेको बताउदै यस्ता लेख रचनाले मात्रै नभएर अन्य माध्यम बाट पनि युवावर्गहरुले बेथिति विरुद्ध आवाज उठाउनपर्ने शर्माले बताउनुभयो । कमल गाउलेको सभापतित्व रहेको कार्यक्रममा नारायण प्रसाद शर्मा प्रमुख अतिथी रहनुभएको थियो । अतिथिहरुमा पत्रकार महासंघका अध्यक्ष सविन प्रीयासन, एओन टेलिभिजनका प्रवन्ध निर्देशक अमृतमान वली,जेसिज घोराहीका उपाध्यक्ष जगत जिएम,वरिष्ठ पत्रकार सुशील गौतम लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार निमु संगम घर्तिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

६ वर्षको उमेरमै बाबा गुमाएकी जिया,भन्छिन ठुलो मान्छे बनेर बाबाको सपना पुरा गर्छु ( भिडियोसहित )

Tue Aug 25 , 2020
हिमाल खडका ९ भदौ,कपिलवस्तु । मानिस सवै प्राणीहरु भन्दा सर्वश्रेष्ठ र विवेकशिल प्राणी हो । जव एउटा बालक जन्मन्छ अनी उसको परिपक्वता संगै विबेक,क्षमता र व्यबहारिकतामा बिकास हुँदै जान्छ । तर कुनै वालवालिकाहरु एकदमै फरक र अध्भुत क्षमता लिएर जन्मिएका पनि हुन्छन कि उनिहरुको व्यबहार र क्षमता कुनै परिपक्व मानिसको भन्दा […]