६ वर्षको उमेरमै बाबा गुमाएकी जिया,भन्छिन ठुलो मान्छे बनेर बाबाको सपना पुरा गर्छु ( भिडियोसहित )

हिमाल खडका

९ भदौ,कपिलवस्तु । मानिस सवै प्राणीहरु भन्दा सर्वश्रेष्ठ र विवेकशिल प्राणी हो । जव एउटा बालक जन्मन्छ अनी उसको परिपक्वता संगै विबेक,क्षमता र व्यबहारिकतामा बिकास हुँदै जान्छ । तर कुनै वालवालिकाहरु एकदमै फरक र अध्भुत क्षमता लिएर जन्मिएका पनि हुन्छन कि उनिहरुको व्यबहार र क्षमता कुनै परिपक्व मानिसको भन्दा कम देखिदैन ।

यस्तै अद्भुत क्षमता र सानो उमेरमा नै व्यबाहारिक कुरामा निपूर्ण भएकी ६ वर्षिया बालिका हुन जिया भुषाल । जिया भुषाल कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर एक निवासी बुवा धनेश्वर भुषाल र आमा लक्ष्मी भुषाल कि एक्ली छोरी हुन ।

एओन टेलिभिजनको टिम कपिलवस्तुमा पुग्दा यहाँ एकजना एकदमै राम्रो गीत गाउन सक्ने र अन्य थुप्रै क्षमता भएकि सानी वालिका भएको र उनिलाई सबैमाझ ल्याउनपर्ने आग्रह भएपछी अमृतमान वली सहितको टिम उनको घरमा पुग्यो । उनको घर गएपछी उनको बारेमा जान्न र उनी सँग भएको क्षमता बुझ्नका लागि हामीले कुराकानी गर्न खोज्दा उनी भक्कनिएर रुन थालिन ।

ति सानी नानी एक्कासी रोएको देख्दा हामी एकछिन आश्चार्य चकित बनेका थियौ । तर पछी बुझ्दा थाहा भयो कि उनिलाई एकदमै माया गर्ने उनको बुवाको कारीव १ महिना अगाडि मात्र निधन भएको रहिछ । हामी पनि स्तब्ध भयौ,उनको त्यो कोमल मनमा बुवा गुमाउदाको पिडा कत्ती धेरै स्पष्ट सँग देख्न सकिन्थ्यो ।

हामी सँगको कुराकानीमा उनी भन्छिन मलाई एउटा कुशल गायिका बनाउने र आफ्नो घर बनाएर खुशी साथ जिउने बाबाको सपना थियो । बाबा नभएपनी आफु एउटा ठुलो मान्छे बनेर आफ्नै घर बनाएर मम्मिलाई आफ्नो घरमा बसाउने सन्कल्प गरेर उनी बसेकी छन । ६ वर्षको उमेरमा जीवन र भोगाइको बारेमा यती धेरै बुझेकी जिया सँग गाउने कला मात्र होइन उनी पढाईमा पनि अब्बल छिन ।

देशको सामसामायिक परिस्थिती र सामान्य ज्ञानमा एकदमै रुची राख्ने उनले देशको बारेमा र सामान्य ज्ञानका थुप्रै प्रश्नहरु कण्ठ पारेकी छिन । हेर्नुहोस एओन टेलिभिजनका संचालक अमृतमान वलीले उनी सँग गरेको प्रत्यक्ष कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा रातिको समयमा गरिएको निषेद्याज्ञा कायमै,सवारी साधनमा पनि जोर बिजोर लागु

Tue Aug 25 , 2020
९ भदौ,  दाङ । कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गते देखी ८ गतेसम्मका लागी गरिएको रातीको निषेद्याज्ञा कायमै रहने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि गरेको निशेद्याज्ञालाई कायमै राख्ने निर्णय गरेको हो । वैठकले […]