जनप्रतिनिधिलाई धान चोरी गरेको आरोप

प्रेम राज लामिछाने

८ कार्तिक,दाङ । दाङका एक जनप्रतिनिधीलाई धान चोरी गरेको आरोप लागेको छ । दाङको बंबई गा.पा वडा नं २ का वडा सदस्य पर्साराम खत्रीलाई बंबई २ ट्वाङ्खोला निवासी जित बहादुर खत्रीले आफ्नो खेतमा काटेर राखेको धान चोरेर लगेको आरोप लगाएका हुन । खेतमा काटेर राखेको धान झाटेर घरमा लिन भनी मिति २०७७/७/७ गते खेतमा जाँदा अाफुले काटेको धान नदेखेपछि सोधखोज गर्दा ७ गते विहानै पर्साराम खत्रीले लगिसकेको बुझिएको पिडित खत्रीले बताए । जित बहादुर खत्री र पर्सारामको खेत एकै ठाउँमा रहेको र यो भन्दा पहिले पनि सिमा विवाद भएपछि सरकारी निकायबाट नै अमिन ल्याएर सिमा कायम गरिएको भएपनी पर्सारामले आफ्नो खेतको धान बिना जानकारी उठाएपछि जित बहादुरले चोरीको आरोप लगाएका हुन । प्रहरी प्रशासन र सम्बन्धित निकायमा पुगेर छलफल गर्दा सहमति भएपनी उनले बारम्बार मेरो खेत हो भन्दै धम्काएको र यसपटक त झन धान नै चोरेर लगेको गुनासो जित बहादुरले पोखे । सामान्य कुरा भनेर केही वास्ता नगरेपनी जनप्रतिनिधि जस्तो मान्छेले बारम्बार यस्तो व्यबहार देखाइरहेपछी आफुहरु बाध्य भएर मिडियासम्म यो कुरा ल्याउन परेको खत्रीले बताए । धान चोरीको अारोप लागेका वडा सदस्य पर्साराम खत्री गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेद्वार भई निर्वाचित भएका हुन, उनलाई केही समय अगाडि बंबई २ कै चोपीलाल के.सीले आफुबाट १ लाख रुपैया सापटी लिएर पछि अाफुले नलिएको भनी  फिर्ता नदिई पैसा खाएको अारोप समेत लगाएका थिए ।

Leave a Reply

Your email address will not be published.

Next Post

विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम

Sun Jun 6 , 2021
कृष्ण अधिकारी २३ दाङ |विश्व वातावरण दिवसका अवसरमा तुलसीपुर उपमाहनगरपालिका वडा ७ प्रर्सनी प्रर्गतिसिल साथ अभियान तुलसीपुर उपमाहनगरपालिका ७ पुल्चोक मा रहेको शिबमन्दिर परिसर मा वृक्षारोपण कार्यक्रम गरिएको छ । बृक्षारोपन कार्यक्रम बिभिन्न सामाजिक सङ्घसंस्थाहरूको र अभियानका सम्पुर्ण सदस्य,अस्थायी प्रहरी पोस्ट प्रसेनी लगायत सर्बसाधारनको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम […]