दार्शकको रोजाईमा ‘बस्तीपुर’को ट्रेलर

हिमाल खड्का, चैत्र २३ काठमाण्डौ 

मनोरञ्जनको क्षेत्रमा विभिन्न डिजिटल प्ल्याटफर्महरुमा वेव सिरिजहरु हेर्न दर्शकहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न बिषयबस्तुहरुलाई आकर्षक र उत्सुकता जगाउने तरिकाले पनि प्रस्तुत गरिएकाले पनि होला अहिले एउटै वेव सिरिजका पनि थुप्रै भागहरु बन्ने गरिरहेका हुन्छन ।

पछिल्लो समय नेपाली बजारमा पनि विभिन्न वेव सिरिज बनिरहेका छन । यसै क्रममा एउटा निकै नै राम्रो बिषयबस्तु समिटिएको नेपाली वेव सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । एओन क्रीयसन प्रालिद्वारा निर्माण गरिएको नेपाली कथानक वेव सिरिज बस्तीपुरको फर्स्टलुक ट्रेलर गत सोमबार A-one Television युत्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

एओन क्रीयसन प्रालिका कार्यकारी निर्देशक अमृतमान ओलीले निर्देशन गरेको यस वेव सिरिजमा दाङको वस्तिपुर भन्ने एउटा सानो गाउँको कथालाई समेटिएकोको निर्देशक वलीले बताए ।

कमल गाउले,कुलदिप अधिकारी,अर्नवी ढुंगाना,बिरु चौधरी,झग्गु भण्डारी,हर्षिका वली,उषा दसौदी, भुलन गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेको बस्तिपुरको कथा पटकथा झग्गु भण्डारीको रहेको छ ।

मनोज खड्काको पार्श्व संगीत,मिराज अर्यालको कलर करेक्सन, बिशाल रोका मगरको छायांकन भएको बस्तिपुरको सम्पादन,निर्माण तथा निर्देशन अमृतमान वलीले गरेका छन । वेव सिरिज युट्युव च्यानल Aone Television मा चैत्र २५ गते देखि हेर्न सकिने समेत वलीले जानकारी दिए । एओन क्रियसन प्रा लिले  प्रस्तुत गरेको बस्तीपुरको निर्माणमा सहकार्य वली मोसन पिक्चर्सको रहेको छ।

भिडियो

https://www.youtube.com/watch?v=GLFR0wdUOQw&t=8s

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार मगरले गरे शैक्षिक सामाग्रि वितरण

Sun Apr 10 , 2022
अमृतमान वली, चैत्र २७ रोल्पा रोल्पा जिल्लाको रुन्टिगडि गाउपालिका-८ मगरगोरीमा अबस्थित श्री भानु आधारभुत बिद्ययालयमा एक कार्यक्रम गरी आधरभुत बिकाश केन्द्र (सिसु) का १२ विद्यार्थी सहित कक्षा १, २,३ र ४ का ११० विध्यार्थि लाई शैक्षिक सामाग्री बितरण गरिएको छ । अनलाइन टि भि पत्रकार संघ दाङ जिल्लाका सचिब एच. […]