पत्रकार मगरले गरे शैक्षिक सामाग्रि वितरण

अमृतमान वली, चैत्र २७ रोल्पा

रोल्पा जिल्लाको रुन्टिगडि गाउपालिका-८ मगरगोरीमा अबस्थित श्री भानु आधारभुत बिद्ययालयमा एक कार्यक्रम गरी आधरभुत बिकाश केन्द्र (सिसु) का १२ विद्यार्थी सहित कक्षा १, २,३ र ४ का ११० विध्यार्थि लाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

अनलाइन टि भि पत्रकार संघ दाङ जिल्लाका सचिब एच. आर. मगरको पहलमा साउदीमा रहनुभएका बेगम पुनले पठाउनु भयको रु ५० हजारबाट उक्त बिद्यालयका आधरभुत बिकाश केन्द्र (सिसु) कक्षा, ३ र ४ कक्षाका विद्यार्थीहरुलाई स्कुल झोला र कक्षा १ र २का विद्यार्थी लाई  कापी कलम गरी करिब ५० हजार बराबर सहयोग गर्नु भएको हो ।

बिध्यलय का प्राध्यानापक टेकेन्द्र घर्तिको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा स्कुलकि शिक्षिका दिपा बुढा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने रुन्टिगडि गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष श्रि भिम ब. पुन को प्रमुख अतिथित्यमा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा प्रमुख अतिथि पुनले बेगम पुनले जस्तै अरु युवाहरुले पनि स्कुल लाई सहयोग गरेमा स्कुलको स्तर र उन्नति हुने र त्यस प्रकारका सहयाेगले निम्न बर्गका बालबालिकालाई पढाईमा थप सहयाेग हुने जानकारी दिनुभयाे ।

अनलाइन टिभि पत्रकार संघ दाङ जिल्लाका सचीव एच. आर. मगरले पनि दुर्गम क्षेत्रमा रहेको स्कुलमा आफु स्वयंम आएर सहयोग गर्न पाउदा निकै खुशी भएको र कार्यक्रम बाटै सहयोग पठाउने बेगम पुनलाई पनि विशेष धन्यवाद दिएका थिए । बिशिस्ट अतिथि विध्यलयका सुचना अधिकृत टिकाराम बुढाथोकी लगायत अम्बर बहादुर बहकरि, कृष्ण ब. साहु, तुलसी पुन, बोम बहादुर पुन, अर्जुन रोका मगर, भानु घर्ति मगर लगाएत अन्य अतिथि हरुले पनि आफ्नो मन्तव्य राखेका थिए ।

 

सहयोग स्वरुप कापि, कलम, झोला पाउदा विद्यार्थीहर पनि निकै खुशि र हर्षत भएका थिए भने कार्यक्रमको सन्चालन आर. जे. शान्तराम ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार कुसलभ विरुद्ध मिडियावाजी गर्दै म्यानपावरका दलाल, प्रहरी समेत मतियार

Mon Jul 18 , 2022
काठमाडौँ – नेपाली युवाहरु विदेश पुर्याएर अलपत्र पार्ने म्यानपावर कम्पनीले पत्रकार कुशल खत्री (कुशलभ)का विरुद्ध मिडियावाजी गरिरहेको पाइएको छ । महाराजगञ्जस्थित नासा ह्युमन रिसोर्सेसले आफ्नो कार्यालयमा पुगेर हुलहुज्जत गरेको भन्दै पत्रकार खत्रीका विरुद्ध मिडियावाजी गरेको पाइएको हो । खत्री विरुद्ध म्यानपावरका संचालक युवराज गुरुङले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएको र […]