२५ भदौ सुनसरी । अन्तराष्ट्रिय बाल दिवसको अवसर पारि विराटनगरमा बाल विवाह विरुद्धको सडक नाटक गरिएको छ । सुनसरी युवा ब्लवको आयोजनामा बाल विवाह मौलाउदै गएको भन्दै बाल विवाह गर्नु हुदैन सन्देश दिनका लागि सडक लाटक देखाएको हो । जसमा एनिशा थापा, इशा शर्मा, अस्मिता थारु, सुर्य बास्तोला, अमर संग्रौला लगायतका कलाकारहरुले नाटक देखाएका थिए । नाटकमा एनिशा थापा र सुर्य बास्तोलाको बाल विवाह गरिएको थियो । एनिशा र सुर्यको अभिनयले दर्शकहरु रुवाउनुको साथै बाल विवाह गर्दा के सम्म हुनसक्छ भन्ने कुरा छर्लगैं देखाएका थियो । नाटकको लेखन सुर्य बास्तोलल गरेका थिए ।
पछिल्लो समय सुनसरी युवा क्लबले समाज परिवर्तनका लागि राम्रो भुमिका निभाएको देख्न सकिन्छ । क्लवमा अध्यक्ष अस्मित मण्डल भन्छन् हामी युवा समाज परिवर्तनमा अग्रसर नभई यो समाज बन्दैन त्यसैले सबै एकजुट बनौँ समाज बनाऔँ ।