कलश सहकारी संस्थाद्धारा रक्तदान

दाङ, भदौ २६  । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले हिजो शनिवार एक कार्यक्रम गरी रक्तदान गरेको छ । सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक र शेयर सदस्य गरी १३ जनाले रक्तदान गरेका छन ।कलश बचत तथा ऋण सहकारी संस्था शिक्षा उपसमितिका संयोजक केशव रिजालको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी रक्तदानको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाले सामाजिक सेवामा टेवा पू¥याउने उद्देश्य र जिल्लामा रगतको आपूर्तिको सहजताका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।

 


कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्मा, ध्रुवराज पौडेल, माधवा घिमिरे, सुमन पौडेल, केशव रिजाल, बिष्णु घर्ति, गेहेन्द्र बस्नेत, मुकेश अधिकारी, श्रीहर्ष रिजाल र ज्ञानेन्द्र अधिकारी,घनश्याम केसी, काशीराम पाण्डेय, बाबु अञ्सारीले रक्तदान गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटि रक्त सञ्चार केन्द्र घोराही दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.

Next Post

स्वाबलम्बन लघुवित्त तुलसीपुर शाखाका केन्द्र प्रमुखकलागि गोष्ठी

Mon Sep 12 , 2022
भदौ २७ तुलसीपुर। स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखाले केन्द्र प्रमुखकालगि गोष्ठी आयोजना गरेको छ । आईतबारदेखि सुरु भएको गोष्ठि ५ दिनसम्म चल्ने छ । शाखा प्रबन्धक तथा कार्यक्रम संयोजक चन्द्रबहादुर थापाका अनुसार आईतबार उद्घाटन गरिएको गोष्ठी २७,२८,३० र ३१ गतेसम्म चल्नेछ । संस्था अन्तर्गत दुईसय ५१ समूह छन् । त्यस […]