स्वाबलम्बन लघुवित्त तुलसीपुर शाखाका केन्द्र प्रमुखकलागि गोष्ठी

भदौ २७ तुलसीपुर। स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखाले केन्द्र प्रमुखकालगि गोष्ठी आयोजना गरेको छ । आईतबारदेखि सुरु भएको गोष्ठि ५ दिनसम्म चल्ने छ । शाखा प्रबन्धक तथा कार्यक्रम संयोजक चन्द्रबहादुर थापाका अनुसार आईतबार उद्घाटन गरिएको गोष्ठी २७,२८,३० र ३१ गतेसम्म चल्नेछ । संस्था अन्तर्गत दुईसय ५१ समूह छन् ।

त्यस अवसरमा वित्तिय अबस्था, वित्तिय संस्थाको काम, कर्तब्यका बारमा प्रशिक्षण दिइनेछ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले एउटै बित्तिय संस्थामा मात्रै आबद्ध हुन सबैमा आग्रह गरिन । त्यस अवसरमा संस्थाका शाखा प्रबन्धक तथा कार्यक्रम संयोजक चन्द्र बहादुर थापाका अनुसार धेरै लघुवित्तमा लाग्नु भन्दा एउटैमा लाग्न सबैमा सदस्यमा आग्रह गरे । साथै उद्यम विना उद्यमसिलता कर्जा पनि वितरण नगर्ने बताए । लघुवित्तले प्रदान गरेको कर्जाले उद्यमशिलता गर्ने र त्यसबाट आम्दानी गरेर बचत गर्नुपर्न उनको भनाई थियो ।

कार्यक्रममा शिशिष्ट अतिथि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षकलगायतले मन्तब्य ब्यक्त गरेका थिए । सहायक प्रबन्धक प्रनित कुमार शाहले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण बरिष्ठ सहायक केशवराज मरासिनीले गरेका थिए ।

त्यस अवसरमा प्रथम भएको समूह ९६ लाई ५ हजार र प्रमाणपत्र, द्धितिय हुने समूह ५१ लाई ४ हजार र प्रमाणपत्र तथा तृतिय हुने समूह ११ लाई ३ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा निशुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रमबारे सरोकारवालासँग छलफल

Wed Sep 14 , 2022
दाङ, भदौ २९ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले आज घोराहीमा एक कार्यक्रम गरी प्रि—डिप्लोमा तह निुशुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रमबारे सरोकारवालासँग छलफल गरेको छ । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदद्धारा मान्यताप्राप्त २४ महिने निशुल्क सूचना प्रविधि बिषयमा विद्यालय, प्रशिक्षणका लागि आवेदन दिएका विद्यार्थी, रोजगारदाता र अन्य सरोकावाला […]