हाम्रो पहुँच माविमा विपन्न बालबालिका सहयोग कोष स्थापना

 

दाङ,२९ भाद्र ।

हाम्रो पहुँच माविले विपन्न बालबालिका सहयोग कोष स्थापना गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयले ४६ हजार बढीको विपन्न बालबालिका सहयोग कोष स्थापना गरेको हो । आर्थिक अवस्था कमजोर भएर कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोउन भन्ने उद्देश्यका साथ विद्यालयले ४६ हजार ६ सय ६५ रुपैंयाको बराबरको सहयोग कोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक भण्डारीले जानकारी दिनुभयो ।विद्यालयका शिक्षकको तर्फबाट २६ हजार ६ सय र विद्यार्थीहरुले खाजा खर्च कटाएर २० हजार ६५ रुपैंया गरी ४६ हजार ६ सय ६५ रुपैंयाको कोष स्थापना भएको हो । कोषले विपन्न बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उहाँले बताउनुभयो । कोषलाई आगामी दिनहरुमा बढाँउदै लैजाने प्रअ भण्डारीले जानकारी दिनुभयो ।

 

यसैबिच विद्यालयले बुधबार आज विभिन्न कार्यक्रम गरी ५८ औँ राष्ट्रिय बाल दिवस मनाएको छ । बाल दिवसको अबसरमा विद्यालयले चित्रकला प्रतियोगिता , कविता प्रतियोगिता, चम्चा दौड, कुर्सि दौड र चक्लेट दौड प्रतियोगिता गरेको छ भने नाटक , नृत्य, गित प्रस्तु भएको थियो । कविता प्रतियोगितामा कक्षा ६ देखी १० सम्मका १२ जना विद्यार्थीहरुले भाग लिएका थिए । जसमा ग्रिन हाउस कक्षा ९ (जि) का अनुप चौधरी प्रथम, रेड हाउस कक्षा ७ (आर) ग्रुपका अनुप पौडेल द्धितिय, रेड हाउसकै कक्षा ८ का तृप्ती न्योपाने तृतिय हुनुभएको छ । रेड हाउस कक्षा ८ का स्वस्तीमा विसी. सान्तोन हुनुहुभएको छ । त्यसैगरी चित्रकला प्रपतयोगितामा कक्षा ३ देखी ५ सम्मका २० जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमा ह्वाइट हाउस कक्षा ३ (जि)का एल्जिन चन्द प्रथम, बुलु हाउस कक्षा ४ (जी) ग्रपका सुयोग वली द्धितिय, ह्वाइट हाउस कक्षा ५ (जि) ग्रुपका सागर चौधरी तृतिय हुनुभएको छ । त्यस्तै बुलु हाउस कक्षा ४ का राजन केसी चौथो हुनुभएको छ । त्यसैगरी नर्सरी देखी कक्षा २ सम्मका विद्यार्थीहरुले चम्चा दौड, कुर्सी दौड , चक्लेट दौडमा सहभागी भएका थिए । हाम्रो पहुँच माविका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो । विद्यालयका कल्याणकारी अधिकृत तिलकराम कालाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व हिन्दू परिषद्द्वारा शुद्धीकरण यज्ञ सम्पन्न : १७ परिवारका ५० सदस्य पुनः हिन्दू धर्ममा फर्के

Fri Sep 16 , 2022
३० भदौ, जनकपुरधाम । विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम)सम्पन्न भएको छ । परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि अयोजित उक्त कार्यक्रममा विविध कारणले स्वधर्म (हिन्दूधर्म) छोडेर इसाईकरणको षड्यन्त्रमा फसेर धर्मान्तरित भएका हिन्दू समाजका १७ परिवारका ५० जना पुनः स्वधर्ममा (हिन्दूधर्म) ससम्मान प्रत्यावर्तन (घरवापसी) गरेका छन […]