सल्यानका ४७ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

 भदाै ३१, सल्यान ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि देशभर ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरिएकाे छ । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।

‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो । कुल १० वटा पालिका रहेकाे सल्यानमा ४७ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । सबैभन्दा बढी बागचाैर नगरपालिकामा ८ वटा, छत्रेश्वरी गाउँपालिकामा ६, सिद्ध कुमाख गाउँपालिकामा ५ र अन्य ७ वटा पालिकाहरूमा ४/४ वटा विद्यालयहरु छनाेटमा परेका हुन् ।

 

सल्यानका ४७ वटा विद्यालयका लागि कुल १० कराेड ९५ लाख बजेट छुट्टिएकाे छ । जसमा सबैभन्दा बढी पाउने विद्यालयले ५० लाख पाएका छन् भने कम पाउने विद्यालयले ६ लाख ५० हजार बजेट पाएका छन् । अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोबिन्दराज पोख्रेलले कार्यक्रम कार्यान्वयन सम्बन्धी बिस्तृत प्रक्रिया तयारी भईरहेको जनाएका छन् । उनले वित्तिय हस्तान्तरण हुने क्रममा रहेकोले प्राप्त भएपछि कार्यक्रम लागू गुर्न गराउनु निर्देशन दिएका छन् । कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अटोमा आगो लगाउने कार्यमा संलग्न २ जना पक्राउ

Sat Sep 17 , 2022
दाङ,१ असोज । हिजो शुक्रबार अटोमा आगो लगाउने कार्यमा संलग्न २ जना पक्राउ भएका छन । ललितपुर महानगरपालिका वडा न.१७ कृष्ट हास्पिटल चोक स्थाई घर भई हाल दाङ जिल्लाको घोराही उपमहानगरपालीका वडा न.१५ मा बस्ने बर्ष २३ का मिलन पौडेल र बाग्लुङ जिल्लाकी वडा न.२ ढाड स्थाई घर भई हाल […]

You May Like