अटोमा आगो लगाउने कार्यमा संलग्न २ जना पक्राउ

दाङ,१ असोज ।

हिजो शुक्रबार अटोमा आगो लगाउने कार्यमा संलग्न २ जना पक्राउ भएका छन । ललितपुर महानगरपालिका वडा न.१७ कृष्ट हास्पिटल चोक स्थाई घर भई हाल दाङ जिल्लाको घोराही उपमहानगरपालीका वडा न.१५ मा बस्ने बर्ष २३ का मिलन पौडेल र बाग्लुङ जिल्लाकी वडा न.२ ढाड स्थाई घर भई हाल घोराही उप–महानगरपालीका वडा न.१५ वि.पि चोक डेरा गरीबस्ने बर्ष २९ की कमला दर्जी संलग्न भएको बताईएको छ ।

हिजो दिउँसो अंन्दाजी०१ः३० बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं.१५ विपि चोक नजिक कुशल सुबेदीको घरमा कोठा भाडालिई बस्ने टेक बहादुर खत्रीको रा १ ह ८६६० नं.को अटो (घर अगाडी बाटो छेउमा पार्किङ गरी राखेको अबस्थामा) एक्कासी आगलागी भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाट ७ जनाको प्रहरी टोली खटि गई हेर्दा अटो पुर्ण रुपमा जली नष्ट भईसकेको अबस्थामा भेटिएको थियो । आगो के ,कसरी,कोकसले लगाएको भनि घटना स्थलको अध्यायन तथा खोजतलास गर्दे जाने क्रममा मिलन पौडेल र कमला दर्जी संलग्न भएको आधारमा पक्राउ परेका हुन् ।अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय घोराहीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Next Post

लघुवित्तमा सक्रिय महिलाहरु

Sat Sep 17 , 2022
दाङ,१ असोज । कुनै समय चुलोचौकोमै सीमित हुने महिलाहरु पछिल्लो समय सामाजिक क्षेत्रमा पनि सक्रिय हुन थालेका छन् । लघुवित्तमा जोडिएपछि अहिले महिलाहरु उद्यममा जोडिएर आम्दानी गर्दै आएका छन् । स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखामा आबद्ध समूह ३१ की प्रमुख लक्ष्मी गिरीले कुनै समय गाउँ घरमा पैसा सापटी माग्दा […]

बलिउड