लघुवित्तमा सक्रिय महिलाहरु

दाङ,१ असोज ।

कुनै समय चुलोचौकोमै सीमित हुने महिलाहरु पछिल्लो समय सामाजिक क्षेत्रमा पनि सक्रिय हुन थालेका छन् । लघुवित्तमा जोडिएपछि अहिले महिलाहरु उद्यममा जोडिएर आम्दानी गर्दै आएका छन् । स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखामा आबद्ध समूह ३१ की प्रमुख लक्ष्मी गिरीले कुनै समय गाउँ घरमा पैसा सापटी माग्दा पनि पत्याउने अबस्था थिएन्, जब लघुवित्तमा जोडिईन् । त्यसपछि त्यसबाटै जीवनयापन गर्न सजिलो भएको छ ।‘मैले पैसा सापटी माग्दा गाउँका मान्छेले दिन मान्ने अबस्था पनि थिएन, त्यसले आफ्नो जीवन यापनमा पनि समस्या हुन्थ्यो’, उनले भनिन् ‘तर, अहिले लघुवित्तमा जोडिएपछि सहज भएको छ ।’

त्यस्तै बेलमति विकलाई पनि घर धान्न समस्या हुन्थ्यो । अहिले लघुवित्तबाटै ऋण लिएर ब्यबसायीक खेति गरेपछि मनग्य आम्दानी गर्दै आएकी छिन् । लघुवित्तले यस्तै थुप्रै महिलाहरुलाई सहज बनाएको छ ।  केन्द्र ३१ की प्रमुख लक्ष्मी गिरीका अनुसा अहिले छोराछोरीलाई पढाउनदेखि हरेक कुरामा सहज भएको बताईन् । उनका अनुसार महिलाहरुले पनि लघुवित्तबाट ऋण लिएर भैसी,कुखुरा पालन गर्नुकासाथै ब्यबसायीक खेति गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । जसबाट उनीहरुले आम्दानी गर्नुकासाथै समाजमा प्रतिष्ठा पनि बढेको छ ।‘हामीले आम्दानी मात्रै गर्ने गरेका छैनौं’,उनले भनिन्‘समाजमा प्रतिष्ठा पनि कमाएका छौं, सबैले सम्मान गर्ने भएका छौं, सबैसंग आफ्ना कुरा राख्न सक्ने भएका छौं ।

स्वाबलम्बन लघुवित्त वित्तिय संस्थाका मात्रै तुलसीपुरमा २५१ वटा केन्द्रहरु छन् । संस्थाका तुलसीपुर शाखा प्रमुख चन्द्रबहादुर थापाका अनुसार साना तथा मझौला ब्यबसायीहरुलाई कुनै पनि निकायले चासो नदिएकाले यस्ता ब्यबसायीहरुलाई लघुवित्तले लगानी गरेको बताए । जसले गर्दा उद्यममा सहज भएको उनको भनाई थियो । साथै संस्थाले तुलसीपुरमा केन्द्रका प्रमुखहरुलाई गोष्ठी आयोजना गरेर प्रशिक्षण पनि दिएको छ । वित्तिय संस्थाको नीति नियम, कार्यान्वयन, केन्द्रमा देखिएका समस्या र चुनौतिहरु, बर्तमान अबस्थामा कर्जा लिएर ब्यबसाय गर्ने भन्दा पनि अन्य काममा खर्च गर्ने समस्या रहेकाले यस्ता कुरा समाधान गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

त्यस अवसरमा धेरै वित्तिय संस्थामा बस्दा त्यसले समस्या निम्त्याउने भन्दै सीमित संस्थामा मात्रै आबद्ध हुन तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सबै सदस्यमा अनुरोध गरे । साथै अहिले कर्जा लिएर अन्य काममा चलाउने गरेको भन्दै त्यसले घरमा झनै समस्या ल्याउने भन्दै आयमुलक कार्यमा लगाउनुपर्ने, एउटाले कर्जा लिएर अर्कोलाई उपभोग गर्न दिनेजस्ता कार्य नगर्न समेत अनुरोध गरे । यस्तै महिलाहरुलाई यस्ता जागरणका कार्यक्रमले अगाडी बढाउने समेत बताए ।

पहिलो दिन भदौ२६ गते तुलसीपुर उपमहानगपालिकाका उपप्रमुख स्यानी चौधरीले उद्घाटन गरेकी हुन् । सोही दिन इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्ल सहभागि थिए । त्यस्तै भदौ २७ गते तुलसीपुर ७ का वडाध्यक्ष रामबहादुर जीसी, २८ गते तुलसीपुर ९ का वडाध्यक्ष घनश्याम ढकाल, ३० गते तुलसीपुर ६ का वडाध्यक्ष बर्षात भण्डारी र ३१ गते १८ का वडाध्यक्ष माधव वलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसीपुरमा ‘अप्टिमिस्ट क्लब’सञ्चालनमा

Mon Sep 19 , 2022
तुलसीपुर, ३ असोज । दाङको तुलसीपुरमा ‘अप्टिमिस्ट’ क्लब सञ्चालनमा आएको छ । शिक्षा क्षेत्रमा सक्रिय ब्यक्ती मानबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालनमा आएको क्लबले आफ्ना गतिबिधि अगाडी बढाएको छ । क्लबको आईतबार पहिलो बैठक बसेको छ । बैठकले कार्य समितिलाई पूर्णता दिएको छ । अध्यक्षमा बस्नेतसहित उपाध्यक्षमा कमल साप्कोटा, सचिबमा एकराज भण्डारी, […]