हाम्रो पहुँचको वली दाङबाट एकल प्रतिनिधित्व

 

दाङ, ४ असोज ।

हाम्रो पहुँच तेक्वान्दो डोजाङको कोमल वली नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट हुनुभएको छ । प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्न लाग्नुभएको हो । वली प्रतियोगिताका लागि असोज २ र ३ गते बुटवलमा भएको लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीतामा प्रदेश प्रथम हुनुभएको हो ।

आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुन गइरहेको नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्नुभएको हाम्रो पहुँच तेक्वान्दो डोजाङ प्रमुख राकेश परियारले जानकारी दिनुभयो ।उहाँले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संचालित हाम्रो पहुँच माध्यमिक विद्यालयको हाम्रो पहुँच तेक्वान्दो डोजाङमै प्रशिक्षण लिनुभएको हो । हाम्रो पहुँच विद्यालयले विद्यार्थीलाई शिक्षासंगै खेलकुदका गतिविधि संचालन गर्ने गरेको छ ।

राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुने वलीलाई विद्यालयले जितको अग्रिम शुभकामना समेत प्रदान गरेको छ । विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले नवौँ राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुने हाम्रो पहुँच तेक्वान्दो डोजाङको वलीलाई छनौट भएकोमा बधाई ज्ञापन गर्दै राष्ट्रिय प्रतियोगितामा पनि जितको शुभकामना दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published.