भीरबाट लडेर राेल्पामा एक महिलाको मृत्यु

अमृतमान वली

असाेज ५ राेल्पा । भीरबाट लडेर राेल्पा गंगादेव गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गंगादेव गाउँपालिका -२ डाँडागाउँ बस्ने २५ वर्षिय अनिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

अनिता सुनारर बुधबार बिहान करिब ८ बजेतिर घाँस काटनकाे लागि गएको अवस्थामा स्थानीय खानिपाखा सामुदायिक वनकाे पठाचौर भन्ने ठाउँमा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

उनी मृत भेटिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय सुख्खाओढारबाट प्रहरी टाेलि घटनास्थल पुगि घटनास्थलकाे अनुगमन गरि शव पाेष्टमार्टमका लागि पठाउने तयारी गरिरहेकाे प्रहरी निरीक्षक भुसालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङको टरिगाउँ विमानस्थल विस्तारमा तुलसीपुरको चासो

Wed Sep 21 , 2022
तुलसीपुर ५ असोज । तुलसीपुर उपमहानगरपालिकाले टरिगाउँ विमानस्थल(धावनमार्ग) विस्तारका लागि सक्रियता बढाएको छ । २०११ सालदेखि सञ्चालनमा आएको टरिगाउँ विमानस्थल धावनमार्गमा पटक पटक सञ्चालन हुँदै बन्द हुँदै आएको छ । पछिल्लो पटक तुलसीपुर उपमहानगरपालिकाकै सक्रियतामा सञ्चालन हुँदै आएको छ । अहिले हप्तामा पाँच दिन उडान हुँदै आएको छ । सात […]