दाङको टरिगाउँ विमानस्थल विस्तारमा तुलसीपुरको चासो

तुलसीपुर ५ असोज ।

तुलसीपुर उपमहानगरपालिकाले टरिगाउँ विमानस्थल(धावनमार्ग) विस्तारका लागि सक्रियता बढाएको छ । २०११ सालदेखि सञ्चालनमा आएको टरिगाउँ विमानस्थल धावनमार्गमा पटक पटक सञ्चालन हुँदै बन्द हुँदै आएको छ । पछिल्लो पटक तुलसीपुर उपमहानगरपालिकाकै सक्रियतामा सञ्चालन हुँदै आएको छ । अहिले हप्तामा पाँच दिन उडान हुँदै आएको छ । सात सय ५० मिटर धावनमार्ग कालोपत्रे गरिएको छ । ३८ बिगाह क्षेत्रफल रहेको धावनमार्ग विस्तारका लागि थप ३० बिगाह जग्गा आवश्यक पर्ने प्रारम्भिक सर्वेबाट जानकारी भएको इन्जिनियर युवराज रिजालले जानकारी दिनुभयो ।

टरिगाउँ विमानस्थलबाट दाङ,रोल्पा,सल्यान,प्यूठानका करिब १८ लाख नागरिकले प्रत्यक्ष लाभ लिन सक्नेछन् । संघीय सरकारले यस विमानस्थलको विस्तृत विवरण प्रतिवेदनका लागि दुृई करोड बजेट विनियोजन गरेको छ । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले विमानस्थलको विस्तारका लागि आवश्यक पर्ने जग्गा व्यवस्थापनका लागि पालिकाको तर्फबाट काम अघि बढाइने बताउनुभयो । त्यस्तै खाल्डा पुर्ने काम गरिने बताउनुभयो । उहाँले इन्धन डिपोसम्म पुग्ने सडक कालोपत्रे,शौचालय निर्माणको काम सुरु गरिएको बताउनुभयो ।

छलफल कार्यक्रममा पूर्व नगरप्रमुख घनश्याम पाण्डेले तीन वटै जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष बजेटको व्यवस्थापन गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा पूर्व नगरप्रमुख ढुण्डिराज लामिछाने, नेपाल सरकारका पूर्व सहसचिव रमेश अधिकारी, पर्यावरणकर्मी डिल्लीबहादुर रावत, शिक्षाप्रेमी डिल्ली अधिकारी नेकपा एमालेका जिल्ला सहसचिव कृष्ण भुसाल,नेपाली कांग्रेसका शेषमणि भण्डारी, लगायतकाले बोल्नुभएको थियो । उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रवक्ता माधव वलीले गर्नुभएको थियो ।

उपप्रमुखको संयोजकत्वमा विमानस्थल सहयोग समिति

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा टरिगाउँ विमानस्थल सहयोग समिति गठन गरिएको छ । बुधबार तुलसीपुर उपमहानगरपालिकामा आयोजित टरिगाउँ एयरपोर्ट व्यवस्थापन सम्बन्धीत कार्यक्रममा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा दाङ,रोल्पा,सल्यानका पालिका, तीन वटै जिल्लाका उद्योग वाणिज्य संघ,नेपाल पत्रकार महासंघ दाङ, यातायात व्यवसायी महासंघका प्रतिनिधि रहेको समिति गठन गरिएको हो । त्यस्तै सल्लाहकारमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व नगरप्रमुख,दाङ,रोल्पा,सल्यान जिल्ला समन्वय समिति,उद्योग वाणिज्य संघकातर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाललाई राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनबाट भारतीय महिला पक्राउ

Wed Sep 21 , 2022
हिरालाल खड्का असोज ५ चितवन । चार बर्षको बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ । आज बुधबार दिउँसो करीब १२:३० बजे भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जनगरबाट ४ बर्षका बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको  रहसी […]

You May Like