चितवनबाट भारतीय महिला पक्राउ

हिरालाल खड्का
असोज ५ चितवन । चार बर्षको बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ ।
आज बुधबार दिउँसो करीब १२:३० बजे भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जनगरबाट ४ बर्षका बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको  रहसी गाउँ बस्ने अनिता पाल अन्दाजी बर्ष ३८ की हुन्।
उनलाई नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा  ४ दिन  म्याद लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ । पछिल्लो समय बालबालिकाहरुलाई फकाई फुल्याई लैजाने वा चोर्ने गिरोह सक्रिय रहेको चर्चा हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

कलाकार राजु महोत्रा आफ्नै निवासमा मृत फेला परे

Fri Sep 23 , 2022
असोज ७ बुटवल । बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।दर्जनौं म्युजिक भिडियो निर्माण गरेका र आफै अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् । ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर […]