कलाकार राजु महोत्रा आफ्नै निवासमा मृत फेला परे

असोज ७ बुटवल ।

बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।दर्जनौं म्युजिक भिडियो निर्माण गरेका र आफै अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । अहिले महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा र उनको श्रीमतिले डोको बोकेर, पछ्यौरी,यमुना जस्ता र्दजनौ म्युजिक भिडियोमा संगै अभिनय गरेका थिए । महोत्रा कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवाहरुको समुह द्धरा आशादीप नेपालमा सहयोग प्रदान ।।

Sat Sep 24 , 2022
टंक मल्ल असोज ८,काठमाण्डौं। आशादीप नेपालमा युवाहरुको समुहले  शनिबारका दिन सहयोग वितरण गरेका छन् ।  प्रशान्त कुमार आग्री, दिपा आग्री, मदन गजमेर,अशोक बि.क, अमर सिंह पन्त, केशव कार्की, सुबोल थापा,गौरव बि.क,सुशील आग्री लगायतका युवा समुहले आउदै  गरेको बडा दशैको लागि हुने आफ्नो खर्च कटौति गरी सहयोग गरेका हुन् । आशादीप […]