युवाहरुको समुह द्धरा आशादीप नेपालमा सहयोग प्रदान ।।

टंक मल्ल

असोज ८,काठमाण्डौं। आशादीप नेपालमा युवाहरुको समुहले  शनिबारका दिन सहयोग वितरण गरेका छन् ।  प्रशान्त कुमार आग्री, दिपा आग्री, मदन गजमेर,अशोक बि.क, अमर सिंह पन्त, केशव कार्की, सुबोल थापा,गौरव बि.क,सुशील आग्री लगायतका युवा समुहले आउदै  गरेको बडा दशैको लागि हुने आफ्नो खर्च कटौति गरी सहयोग गरेका हुन् ।

आशादीप नेपाल संस्थाका लागी कपडा, दाल चामल, फलफुल, बिस्कुट र चाउचाउ लगाएतका  सामान वितरण  गरेका छन् ।  करिव ३० बर्ष देखि सञ्चालनमा आएको यस संस्था मानसिक स्वास्थ्यमा समर्पित रहेको  छ ।

काठमाण्डौंको नयाँपाटी, सुन्दरीजलमा रहेको यस संस्थामा महिला पुरुष गरी ३० जना रहेको  छन् । प्रशान्त कुमार आग्रीको नेतृत्वमा वितरण गरिएको  यस कार्यक्रमा  आशादीप नेपालकी संस्थापक टिम समेत रहेकी सन्तोषी खड्काले यति धेरै सहयोग पाउँदा खुशी व्यक्त गरेकी छन । यसै गरि अरु युवाहरु पनि यस्तो कार्यमा लाग्न आव्हान समेत  गरेकी छन्।

समाजसेवी तथा अनलाईन व्यबसायी समेत रहेका प्रशान्त कुमार आग्रीले सहयोग वितरण गर्न पाउँदा एकदमै खुसी एवम हर्षित भएको बताएका छन् । पहिला पनि आफ्नो गाउँका धेरै संस्थाहरुमा सहयोग गरी सकेका प्रशान्तले यो पटक पनि आशादीप नेपालमा सहयोग गरेका हुन् । यस्ता असक्त  बिरामीलाई  सहयोग गर्नु सबैको कर्तब्य भएको समेत बताए । यो हाम्रो  सानो  प्रयास  मात्र हो, भाग्यले साथ दियो भने  सहयोग सहित फेरी पनि आउने बाचा गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ज्योतिपुञ्ज घोराही र ज्योतिपुञ्ज मोडेल रामपुरमा विद्यार्थीका लागि अनलाइन ई—हाजिरी शुरु

Mon Sep 26 , 2022
दाङ १० ,असोज  । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुर स्थीत ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुका लागि अनलाइन ई—हाजिरी शुरु गरेको छ । घोराहीको भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराही—२ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुलाई मेशिनबाट गराइने अनलाइन इ—हाजिरीको शुरु गराएका हुन् । […]