बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद

नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुई जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । गायक क्षेत्री अनुसार सहमतिमै डिभोर्स भएको बताएका छन् ।

शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनएमबि बैँकद्धारा ल्यापटप र प्रिन्टर सहयोग

Fri Nov 11 , 2022
हिरालाल खड्का दाङ, २४ कार्तिक |अमृतपुर खानेपानी तथा सरसफाई संस्थालाई आज एक थान ल्यापटप र प्रिन्टर सहयोग गरिएको छ । तुलसीपुरमा रहेको एनएमबि बैँक तुलसीपुर शाखाले संस्थाका अध्यक्ष चन्द्रकान्त खरेललाई सो सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै बैँकका शाखा प्रबन्धक रमेश रेग्मीले सामाजिक उत्तरदायीत्व अन्तर्गत सामग्री सहयोग गरिएको […]