एनएमबि बैँकद्धारा ल्यापटप र प्रिन्टर सहयोग

हिरालाल खड्का

दाङ, २४ कार्तिक |अमृतपुर खानेपानी तथा सरसफाई संस्थालाई आज एक थान ल्यापटप र प्रिन्टर सहयोग गरिएको छ । तुलसीपुरमा रहेको एनएमबि बैँक तुलसीपुर शाखाले संस्थाका अध्यक्ष चन्द्रकान्त खरेललाई सो सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै बैँकका शाखा प्रबन्धक रमेश रेग्मीले सामाजिक उत्तरदायीत्व अन्तर्गत सामग्री सहयोग गरिएको बताउनुभयो ।

उहाँले बैँकले कर्जा असुली सम्बन्धि कार्यमात्र नभएर सामाजिक कार्यपनि गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो शाखाको तर्फबाट ंसहयोग गरेको बताउनुभयो । साथै उहाँले प्रबिधिमा आधुनिकिकरण गर्नको लागि सहयोग गरेको पनि बताउनुभयो । संस्थाका कोषाध्यक्ष केशव वलीले सामाग्री सहयोग गरेको भन्दै बैँकलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । उहाँले आफु कार्यरत बैँर्क बैँक अफ दि ईयर २०२१’ बाट समेत सम्मानित भएको भन्दै बैँक उत्कृष्ट हुनुमा सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसीपुर डान्स आइडलमा आज सेमिफाइनलको प्रतिष्पर्धा हुँदै

Fri Nov 11 , 2022
दाङ, २५ कार्तिक । तुलसीपुर जारी लोक नृत्य प्रतियोगितामा आज सेमिफाइनलको प्रतिष्पर्धा हुने भएको छ । सेमिफाइनलको प्रतियोगितामा सात जनाले प्रतिष्पर्धा गर्ने आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।   नवप्रतिभालाई उजागर गर्नका लागि गत असोज ३० गतेदेखि तुलसीपुरमा लोक नृत्य प्रतियोगितामा संचालन भइरहेको छ । आज […]