तुलसीपुर डान्स आइडलमा आज सेमिफाइनलको प्रतिष्पर्धा हुँदै

दाङ, २५ कार्तिक । तुलसीपुर जारी लोक नृत्य प्रतियोगितामा आज सेमिफाइनलको प्रतिष्पर्धा हुने भएको छ । सेमिफाइनलको प्रतियोगितामा सात जनाले प्रतिष्पर्धा गर्ने आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।

 

नवप्रतिभालाई उजागर गर्नका लागि गत असोज ३० गतेदेखि तुलसीपुरमा लोक नृत्य प्रतियोगितामा संचालन भइरहेको छ । आज सेमिफाइनलबाट छनौट भएकाले फाइनलमा प्रतिष्पर्धा गर्न पाउने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने बिजेताले नगद १ लाखसहित तीन कार्टुन रारा चाउचाउ प्राप्त गर्ने भएको छ । यस्तै दोस्रो हुनेले नगद ५० हजार र दुई कार्टुन चाउचाउ र तेस्रो हुनेले नगद २५ हजार १ कार्टुन चाउचाउ प्राप्त गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पढ्नको लागी बाहिरी जिल्ला जाने बाध्यता अन्त्य गरेकाछौं- घनश्याम पाण्डे

Fri Nov 11 , 2022
तुलसीपुर । दाङ्ग क्षेत्र नम्बर ३ क मा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले पढ्नको लागी बाहिर जिल्ला जानुपर्ने बाध्यताको अन्त्य गरेको बताएका छन । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ को पर्सेनीमा आज भएको चुनावि भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ‘कुनै बेला पढ्नका लागी पाल्पा चितवन […]