तुलसीपुरमा माओवादी र कांग्रेसका ३७ कार्यकर्ता एमालेमा प्रबेश

दाङ, कार्तिक २८ ।  तुलसीपुरमा दैनिक जसो एमालेमा प्रबेश गरिरहेका छन । हिजो समाजवादी लगायतका  नेताहरु एमालेमै फर्किएका थिए । आज पनि माओवादी केन्द्र र नेपाली कांग्रेसका गरि तीन दर्जन बढि एमालेमा प्रबेश गरेको एमालेले जनाएको छ । शुसिल विक, निर्मल हमाल,टेक बहादुर विष्टको  नेतृत्वमा वडा नम्बर ५ र ६ का गरि ३७ जना प्रबेश गरेका हुन ।

उनिहरुलाइ पार्टिका उपाध्यक्ष युवराज ज्ञवाली, एमालेका प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले स्वागत गरेका हुन ।  नवप्रबेशिहरुले माओवादी र कांग्रेसबाट यस क्षेत्रको विकास नहुने भन्दै एमाले प्रबेश गरेको बताएका छन । दैनिक जसो प्रबेश गर्नेको लहर बढेको भन्दै जितको दिशामा अघि बढेको  एमालेले जनाएको छ । पार्टि प्रबेश कार्यक्रमको सहजिकरण  नगर कमिटि सचिव रुप बहादुर खत्रिले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.