प्याकेजमै कार्यक्रम ल्याएर तुलसीपुरलाई स्तरीय उपमहानगरपालिका बनाउछु :दीपक गिरी

तुलसीपुर,कात्तिक २८ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन अब ५ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिदै गर्दा दाङ क्षेत्र नं. ३ मा गठबन्धनका उम्मेदवारहरुले घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त छन ।

उनीहरु मतदातालाई भेटेर सुझाव लिदै मत माग्न घर–घरमा पुग्ने गरेका छन । सोही क्रममा आज सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाउँमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले बिजयी भएपछि प्याकेजमै कार्यक्रम ल्याएर तुलसीपुरलाई स्तरीय उपमहानगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन । त्यस्तै उनले खानेपानी हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले सबै ठाउँमा खानेपानीको व्यवस्था गर्ने र टरिगाउँ एयरपोर्टलाई एैतिहासिक एयरपोर्ट भएकोले पहिलो प्राथमिकतामा राखेर यसको स्तरोउन्नती गर्ने बताए ।

पुर्व सिचाँई मन्त्री समेत रहेका गिरीले संविधानको रक्षा,मुलुकको समृद्धी,केपी वलिको अतिवादलाई अन्त्यका लागि गठबन्धन अहिलेको आवश्यकता रहेको समेत तर्क गरे । कार्यक्रममा दाङ क्षेत्र नं. ३ क का प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्ली बहादुर चौधरीले रानागाउँको बस्ती भविष्यमा सुन्दर बस्ती बन्नेमा आफु विस्वत रहेको बताएका छन । उनले भने,‘शहर देखि थोरै टाढा भएपनि यहाँको हावापानी शुद्ध छ,भविष्यमा सबैभन्दा ठुलो भिआइपी एरिया बन्न सक्ने भएकोले यस ठाउँलाई अहिले देखि नै योजना बनाएर यहाँको सडक चौडा,बिजुली बत्तीका नांगा पोलहरुलाई व्यवस्थित बनाउन जरुरी छ,तर जहाँ सुन्दर बस्ती बनाउँछौँ त्यहाँका कृषकहरु विस्थापित भैरहेका हुन्छन तपाईहरु त्यसो नगनुहोला ।’ साथै उनले गएको निर्वाचनमा राप्ती अञ्चलमै कांग्रेसले धेरै हार व्यहोर्नु परेको भन्दै यस पटक निर्वाचनमा कोही पनि भ्रममा नपरी गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन अपिल गरे । साथै आज बबई गाउँपालिकाको सोनपुर,कालचार,शान्तिनगरको भैसा,तुलसीपुर ७ का विभिन्न टोलहरुमा भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएका छन ।

Leave a Reply

Your email address will not be published.

Next Post

‘हुन्छ बहादुर’बाट विकास हुन्न भन्ने जनताले बुझेका छन घनश्याम पाण्डे

Tue Nov 15 , 2022
टंक मल्ल दाङ,कात्तिक २८ । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेले घरदैलो तथा चुनावि सभा जारी राखेको  छ । निर्वाचनको मिति नजिकिए सगैं उम्मेदवारको दौढधुप पनि झनै बढेको छ । यसैक्रममा एमालेले आज तुलसीपुर उपमहानगरपालीका को वडा नम्बर ३ भट्टे, कालामारे क्षेत्रमा चुनावि सभा गरेको छ । सभालाई सम्बोधन गर्दै […]