घोराहीमा गठबन्धनको बृहत घरदैलो मतदाता भन्छन,‘उपलव्धी रक्षा र समृद्धिका लागि गठबन्धनलाई भोट’

दाङ,२९ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन चार दिन मात्रै बाँकी रहदा गठबन्धनका उम्मेदवारहरुले प्रचारप्रसारको कार्यलाई व्यापक बनाएका छन् । निर्वाचन प्रचारप्रसारसँगै आफ्नो पक्षमा मत ल्याउनका लागि गठबन्धनमा आवद्ध दलहरुले मंगलवार घोराही बजारमा वृहत घरदैलो गरेका हुन ।

घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकबाट सुरु भएको घरदैलोमा गठबन्धनबाट दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मा, प्रदेशसभा सदस्य क्षेत्र नं. २ (१)का
उम्मेदवार राजु खनाललगायत नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगी,माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य लगायतका नेता तथा मतदाताहरुको उत्साह जनक सहभागीतामा घरदैलो गरिएको थियो ।

घरदैलोका क्रममा उम्मेदवारहरु तथा नेताहरुले राष्ट्रियता,लोकतन्त्र र संविधानको रक्षा तथा दाङको समृद्धिका लागि गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । उनीहरुले अहिलेको निर्वाचन मतदान मात्रै नभएर उपलव्धी रक्षा गर्ने र नगर्ने शक्तिविचको हारजितको लडाई समेत रहेकाले मतदाताहरुलाई परिवर्तनका पक्षमा मतदान गर्न आग्रह गरेका थिए । उनीहरुले लोकतन्त्र,गणतन्त्र,संघीयतालगायतका उपलव्धीहरु रक्षाका लागि गठबन्धनका उम्मेदवारहरलाई मतदान गर्न आग्रह गरेका थिए ।

घरदैलोका क्रममा मतदाताहरुले गठबन्धनका उम्मेदवारहरुलाई बिजयको अग्रिम सुभकामना दिदै निर्वाचन जिछेपछि आफ्नो ठाउँको विकास निर्माणका कार्यमा ध्यानदिन आग्रह गरेका थिए । घरदैलो सिद्धार्थ गौतमनगर टोल हुँदै बजार
परिक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेवीका रेउले हात पारिन् तुलसीपुर डान्स आइडलको उपाधि

Thu Nov 17 , 2022
अमृतमान वली तुलसीपुर, ३० कार्तिक । तुलसीपुर डान्स आइडलको उपाधि जेवीका रेउलेले हात पारेकी छन् । दंगिशरण-४ वैबाङका रेउले प्रथम स्थान हासिल गरेर नगद १ लाख पुरस्कार हात पारेकी हुन् । प्रतियोगी प्रतिष्पर्धिलाई पछि पारेर प्रथम भएकी रेउले नगदसहित तीन काटुन रारा चाउचाउ प्राप्त गरेको आयोजकले जनाएको छ । यस्तै […]

You May Like