जनताको भविष्य बदल्न सुर्यमा भोट:घनश्याम पाण्डे

दाङ,३० कार्तिक । नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रचार प्रसार तथा सभा गरिरहेको छ । आज तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ४, ७, १३ लगायतका स्थानमा सभा भएका छन । सभालाई सम्बोधन गर्दै दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले समृद्ध दाङ बनाउन एमालेको नेतृत्व आवस्यक रहेको बताएका थिए  ।

गठबन्धन विकास भन्दा पनि स्वार्थका लागी बनेको हुदा देश विकासका लागी एमालेको जित आवस्यक रहेको उनले बताएका थिए । विगतमा पश्चिमले धेरै पटक नेतृत्व गरेपनि विकास गर्न नसकेको हुदा एमालेले जनताको भविष्य बदल्ने उनले बताएका थिए । उनले आफु नगर  प्रमुख र प्रदेश सरकारमा आफ्नो सरकार हुदा उल्लेख्य काम गरेको बताएका थिए ।   उनले यहाँका जनताको लागी खानेपानी,विद्युत, श्वास्थ्य, सिचाई, शिक्षा, पुर्वाधारका क्षेत्रमा उल्लेख्य काम गरेको समेत बताएका थिए । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवार कोमल वलीले जनताको आवस्यकता अनुसार विकास गर्ने बताएकि छिन । उनले आधारभुत आवस्यकता समेत पुरा नभएका ठाउलाई विषेश ध्यानमा राखेर काम गर्ने समेत बताएकी छिन ।

 

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १३ मा भएको चुनावि सभालाई सम्बोधन गर्दै उनले जनता संगै रहेर काम गर्ने बताएकि छिन । आफु प्रतिनिधिसभामा निर्वाचित भए यस क्षेत्रको कृषि,पुर्वाधार विकास, शिक्षामा जोड दिने बताएकी थिईन् । उनले आफु राष्टिय सभा सदस्य हुदा पनि वडाको बराहखुटी—गाईखुटि जोड्नका लागी झोलुङ्गे पुल बनाएकोे हुदा अझ थुप्रै कामहरु गर्नुपर्ने भएकाले जिताउन आग्रह गरेकि थिईन ।  उनले आफु पश्चिम दाङलाई  विकास गर्न हरदम तयार रहेको बताएका थिए । उनले यहाँका जनताले आश्वासन मात्रै पाएको हुदा विकासको लागी आफ्नो नेतृत्व चाहेको बताएकि थिईन । त्यस अवसरमा मतदाताले वलीलाई स्वागत गर्दै विकासको लागी अघि बढ्न आग्रह गरेका थिए ।

नेकपा एमाले बाट दाङ क्षेत्र नं ३ ख का उम्मेदवार हुकुम बहादुर बस्नेतले मलई बासिहरुको समस्या समधान गर्ने बताउनुभएको छ  । पश्चिमको बबई गाउँपालिका वडा नम्बर ७ को मलईमा भएको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।  उनले चुनाबको बेला मात्र आउने र बिकासको आश्वासन मात्र दिने जितेर गईसकेपछी फर्केर नहेन चलनको अन्त्य गर्ने बताएका थिए । आफुले समग्र दाङ बनाउने योजना बनाएको र यो सपना जनताले पूरा गर्नेमा आफू ढुक्क रहेको बताएका थिए । उनले गठबन्धनबाट बिकास हुन नसक्ने भन्दै अब परिबर्तनको लागी जनताले नेकपा एमालेलाई जिताउनु पर्ने बताएका थिए । उनले बिकास र परिबर्तन  चाहने पार्टी एमालेलाई भोट दिन  अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह

Thu Nov 17 , 2022
घोराही, १ मंसिर |आगामी ४ गते हुदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा गठबन्धका उम्मेदवारका चुनाव चिन्हमा मतदान गर्न नेपाली काग्रेस दाङ क्षेत्र नम्बर २ ले सबैमा आग्रह गरेको छ । क्षेत्रीय सभापती भिमप्रकाश खड्काले आज एक विज्ञप्ती प्रकासित गरि लोकतन्त्रको सुन्दर पक्ष आवधीक निर्वाचन भएकाले यो निर्वाचनमा […]