लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह

घोराही, १ मंसिर |आगामी ४ गते हुदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा गठबन्धका उम्मेदवारका चुनाव चिन्हमा मतदान गर्न नेपाली काग्रेस दाङ क्षेत्र नम्बर २ ले सबैमा आग्रह गरेको छ । क्षेत्रीय सभापती भिमप्रकाश खड्काले आज एक विज्ञप्ती प्रकासित गरि लोकतन्त्रको सुन्दर पक्ष आवधीक निर्वाचन भएकाले यो निर्वाचनमा सहभागि भई लोकतान्त्रीक गठबन्धनका क्षेत्र नम्बर २ का उम्मेदवार रेखा शर्मालाई गोलाकार भित्रको हसियाँ हथौडामा, २ (१)का उम्मेदवार राजु खनाल र २(२)का उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेलाई रुख चिन्हमा छाप लगाई विजयी बनाउन आग्रह गर्नु भएको छ ।

लोकतन्त्रलाई वलियो बनाउनका लागि राज्यका सँस्थागत संरचनाहरु वलियो पर्ने र ती संरचना बलियो बनाउन लोकतान्त्रीक शक्तिको जित आबश्यक हुने भएकाले लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आबश्यक रहेको विज्ञप्तीमा उल्लेख छ । निर्वाचनमा उम्मेदवारका तर्फबाट जारि गरिएका प्रतिबद्धता पत्रमा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्ने जिम्मेवारी पार्टिको पनि भएकाले ती प्रतिबद्धता कार्यान्वयन गर्नेमा कसैलै सन्देह नगर्न पनि काग्रेस क्षेत्रीय सभापती भिमप्रकाश खड्काले आग्रह गर्र्नुभएको छ । यसैगरि विज्ञप्तीमा सभापातीकको मत पत्रमा नेपाली काग्रेसको चुनाव चिन्ह रुख चिन्हमा छाप लगाउन पनि आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङ क्षेत्र नं. ३ को मतगणना बिहान साढे १० बजेदेखि सुरु हुने

Mon Nov 21 , 2022
तुलसीपुर,५ मंसिर/ दाङ क्षेत्र नं. ३ को मतगणना आज बिहान साढे १० बजेबाट सुरु हुने भएको छ । भुसंरक्षण कार्यालय तुलसीपुरमा बिहान साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको हो । त्यसैगरी दाङ क्षेत्र १ मा दिउँसो १ बजेदेखि लमही नगरपालिकामा र क्षेत्र नं. २ को ११ बजेदेखि जिल्ला समन्वय […]