दाङ क्षेत्र नं. ३ को मतगणना बिहान साढे १० बजेदेखि सुरु हुने

तुलसीपुर,५ मंसिर/ दाङ क्षेत्र नं. ३ को मतगणना आज बिहान साढे १० बजेबाट सुरु हुने भएको छ । भुसंरक्षण कार्यालय तुलसीपुरमा बिहान साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको हो ।
त्यसैगरी दाङ क्षेत्र १ मा दिउँसो १ बजेदेखि लमही नगरपालिकामा र क्षेत्र नं. २ को ११ बजेदेखि जिल्ला समन्वय समितिमा मत गणना सुरू गर्ने सहमति भएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ ।