मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहेका थिए, उनको मत ३०७८ आउदा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले ३९९२ मत ल्याएका थिए । प्रेम प्रसाद तुलाचन र योगेश गौचन थकालीको जम्मा ९१४ मतले अन्तर रहेको थियो ।

Leave a Reply

Your email address will not be published.