दीपक वलीको निर्देशनमा बन्ने ‘कामिनो’मा प्रदीप अनुबंधित

टंक मल्ल

कृष्ण लीला’ फेम्ड निर्देशक दीपक वलीको निर्देशनमा फिल्म ‘कामिनो’ निर्माण हुने भएको छ । बुधबार थिम पोस्टर रिलिज गर्दै फिल्मको शीर्षक र अभिनेताको नाम सार्वजनिक गरिएको छ। स्पेनिस शब्दबाट नामाकरण गरिएको फिल्ममा प्रदीप खड्का मुख्य भूमिकामा रहनेछन् । त्यसो त केही दिनअघि नै दीपक वलीको फिल्ममा उनले काम गर्न लागेको खबर सार्वजनिक भएको थियो ।

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ । पोस्टरमार्फत् पनि फिल्मको नामको अर्थ प्रष्ट्याउन खोजिएको छ । पोस्टरमा एक व्यक्ति झोला बोकेर हिँडिरहेको देख्न सकिन्छ भने विशाल समुन्द्रमा जहाज यात्रारत देखिन्छ । फिल्मको कथा यात्रासँग सम्बन्धित रहेको पोस्टरले बुझाउँछ । सुनिल विष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

एक्सेस नेपाल फिल्मस्को निर्माण रहने फिल्ममा पूर्ण लामा क्रियटिभ डिरेक्टरमा छन् । नेपालका साथै ल्याटिन अमेरिकाका विभिन्न स्थानमा छायांकन हुने फिल्म प्रेम, रोमान्स र सस्पेन्सयुक्त रहने निर्देशक ओलीले बताए । सौरभ लामाको छायांकन, गीतमा एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने यस फिल्ममा दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनमा छन् ।

दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहने फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् । आगामी चैत्र तेश्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी चार भाषामा रिलिज हुने फिल्मका लागि चाँडै अन्य कलाकार छनोट गरिने निर्देशक वलीले बताए ।

 

pradeep khadka

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दार्चुलाको लास्कु खोलामा बढिले १३ घर बगायो, ४ जना बेपत्ता

Tue Feb 7 , 2023
Photo Credit : दौलतसिंह ठगुन्नाको फेसबुकबाट अमृतमान वली २५ भदौ, काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ । बाढीमा परेर ४ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी […]