सीता एयरले काठमाडौं–दाङ फागुन ३ गतेदेखि नियमित उडान भर्ने

तुलसीपुर,२६ माघ । सीता एयरको बिमानले काठमाडौं–दाङ उडान फागुन महिना देखि शुरु गर्ने भएको छ । माघ २५ गते बुधबारदेखि हवाई सेवा दिने जनाएको सीता एयरले फागुन ३ गतेदेखि मात्र हवाई सेवा दिने बताएको छ । यसअघि काठमाडौं–दाङ हवाई सेवा नेपाल बायु सेवा निगमले दिदै आएको छ । सीता एयरले माघ २५ गतेदेखि हप्तामा एक दिन हवाई सेवा दिने जनाएको थियो तर अहिले उडान भर्ने समय पर सार्दै सीता एयरले फागुन ३ गतेदेखि नियमित उडान भर्ने तयारी गर्दै छ।

माघ १३ गते टरिगाउँ विमानस्थलमा परी क्षण उडान भरेको सीता एयरले तयारी पूरा नभएकै कारण केही दिन पर समय सारिएको बताएको छ । सीता एयरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिए अनुसार फागुन महिना देखि नियमित उडान भर्ने भएको छ । नेपाल वायु सेवा निगमले हप्तामा चार दिन मात्र उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मगरदाङ्गका आमाहरूकाे काम: रक्सी,जुवातास र लागुपर्दाथ सेवन निषेध !

Tue Feb 21 , 2023
प्रकाश अधिकारी पाेखरा । समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ स्थापना भएको मगरदाङ्ग आमा समूहले गाउँसभा मार्फत सामाजिक नीतिनियमहरु तथा नयाँ ज्यालादर तोकेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसंगतिको अन्त्यको लागि सक्रिय समुहले समाजमा जुवातास खेल्न तथा […]