फाल्गुन १९ , काठमाडौ | असत्यमाथी सत्यको जित र हर्षका रुपमा बसन्त रितुको उमङमा मनाईने होली पर्वलाई नेपालमै पहिलो पटक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलको आयोजनामा होली महोत्सोब तथा ला-टोमिटिनो फेस्टिबल हुने भएको छ । । काठमाडौमा आज एक पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम बारे जानकारी दिईएको छ ।
फाल्गुन २२ गते सोमबार नेपाल स्काउट लैनचौरमा होली महोत्सब र स्पेनमा मनाईने ला-टोमिटिनो फेस्टिवललाई पनि नेपालमा होली पर्वसगै आयोजना गर्न लागिएको हो ।
कारीब ५ हजार दर्शकको सहभागीता रहने लक्ष राखिएको छ ।
नेपाललाई पर्यटनमा थप टेवा पुर्याउने हेतुका साथ उक्त कार्यक्रम गर्न लागेको बताईएको छ ।
कार्यक्रममा चर्चित क्लाकार ,गायक ,गायिका ,हास्यकलाकार तथा राजनीतिज्ञको पनि उपस्थिती रहनेछ ।