प्रेम राज लामिछाने
१६ चैत्र , काठमाडौ | पश्चीम कर्णाली भेगको परिवेश झल्कने कथामा बनेको चलचित्र बुलाकीको आज एक विशेष कार्यक्रमका बिच राजधानीमा ट्रेलर सार्वजनिक गरिएको छ । कसैको श्रीमती अर्कैले उडाएको खण्डमा बिहेको सम्पूर्ण खर्च स्वरुप तिराउने मुल्य अर्थात जारी , यही विषयवस्तुमा आधारित चलचित्र बुलाकी हो जस्को निर्माण टोपेन्द्र विस्ट गरेका छन । बुलाकीलाई यस अघी रेलको बाटो भिडियो बनाएका लक्ष्मण सुनारले निर्देशन गरेका हुन जुन उनको पहिलो निर्देशीत चलचित्र हो ।
चलचित्रले कर्णालीको मौलिक , सामाजिक , सांस्कृतिक एवं भौगोलिक अवस्थालाई चित्रण गरेको ट्रेलर हेरेर अनुमान लगाउन सकिन्छ । उक्त भेगमा बोलिने स्थानिय भाषालाई चलचित्रमा सम्बादको रुपमा प्रयोग गरिएको छ । चलचित्रमा सुरक्षा पन्त , नरेन खड्का , विराज विस्ट , कुल्दिप अधिकारि, सरस्वती खत्री , प्रकाश कंडेल , लक्ष्मी गिरी, सुशिल पोखरेल, रमेश बुढाथोकी, ,उपशना नेम्बाङ , झलनथ खत्री, सोनु सेडाई लगाएताका कलाकारको अभिनय रहेको छ । बुलाकीमा सुरक्षा पन्तले कर्णालीमा जन्मिएकी महिलाले के कस्ता समस्या , अल्झन , पिडा र उनीहरुको मनोभाव कस्तो हुन्छ भन्ने विषयमा जीवन्त अभिनय गरेकी छ्न ।
चलचित्रमा गोविन्द मधुर आचार्य , श्री कृष्ण बम मल्ल , बादल थापाको संगीत रहेको छ भने शिव परीयार , प्रविशा अधिकारि, सि.डि बिजय अधिकारि, रचना रिमाल, बादल थापाको स्वर रहेको छ ।
राजबहादुर सानेको कथा रहेको बुलाकिमा पटकथा तथा संवाद राजबहादुर सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टको रहेको छ । शिव ढकालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसी र निर्देशक सुनारले सम्पादन गरेका हुन्।
चलचित्र आगामी वैशाख १ गते देखी देशव्यापी रुपमा प्रदर्शन हुँदैछ ।