Featured

दाङको टरिगाउँ विमानस्थल विस्तारमा तुलसीपुरको चासो

तुलसीपुर ५ असोज ।

तुलसीपुर उपमहानगरपालिकाले टरिगाउँ विमानस्थल(धावनमार्ग) विस्तारका लागि सक्रियता बढाएको छ । २०११ सालदेखि सञ्चालनमा आएको टरिगाउँ विमानस्थल धावनमार्गमा पटक पटक सञ्चालन हुँदै बन्द हुँदै आएको छ । पछिल्लो पटक तुलसीपुर उपमहानगरपालिकाकै सक्रियतामा सञ्चालन हुँदै आएको छ । अहिले हप्तामा पाँच दिन उडान हुँदै आएको छ । सात सय ५० मिटर धावनमार्ग कालोपत्रे गरिएको छ । ३८ बिगाह क्षेत्रफल रहेको धावनमार्ग विस्तारका लागि थप ३० बिगाह जग्गा आवश्यक पर्ने प्रारम्भिक सर्वेबाट जानकारी भएको इन्जिनियर युवराज रिजालले जानकारी दिनुभयो ।

टरिगाउँ विमानस्थलबाट दाङ,रोल्पा,सल्यान,प्यूठानका करिब १८ लाख नागरिकले प्रत्यक्ष लाभ लिन सक्नेछन् । संघीय सरकारले यस विमानस्थलको विस्तृत विवरण प्रतिवेदनका लागि दुृई करोड बजेट विनियोजन गरेको छ । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले विमानस्थलको विस्तारका लागि आवश्यक पर्ने जग्गा व्यवस्थापनका लागि पालिकाको तर्फबाट काम अघि बढाइने बताउनुभयो । त्यस्तै खाल्डा पुर्ने काम गरिने बताउनुभयो । उहाँले इन्धन डिपोसम्म पुग्ने सडक कालोपत्रे,शौचालय निर्माणको काम सुरु गरिएको बताउनुभयो ।

छलफल कार्यक्रममा पूर्व नगरप्रमुख घनश्याम पाण्डेले तीन वटै जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष बजेटको व्यवस्थापन गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा पूर्व नगरप्रमुख ढुण्डिराज लामिछाने, नेपाल सरकारका पूर्व सहसचिव रमेश अधिकारी, पर्यावरणकर्मी डिल्लीबहादुर रावत, शिक्षाप्रेमी डिल्ली अधिकारी नेकपा एमालेका जिल्ला सहसचिव कृष्ण भुसाल,नेपाली कांग्रेसका शेषमणि भण्डारी, लगायतकाले बोल्नुभएको थियो । उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रवक्ता माधव वलीले गर्नुभएको थियो ।

उपप्रमुखको संयोजकत्वमा विमानस्थल सहयोग समिति

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा टरिगाउँ विमानस्थल सहयोग समिति गठन गरिएको छ । बुधबार तुलसीपुर उपमहानगरपालिकामा आयोजित टरिगाउँ एयरपोर्ट व्यवस्थापन सम्बन्धीत कार्यक्रममा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा दाङ,रोल्पा,सल्यानका पालिका, तीन वटै जिल्लाका उद्योग वाणिज्य संघ,नेपाल पत्रकार महासंघ दाङ, यातायात व्यवसायी महासंघका प्रतिनिधि रहेको समिति गठन गरिएको हो । त्यस्तै सल्लाहकारमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व नगरप्रमुख,दाङ,रोल्पा,सल्यान जिल्ला समन्वय समिति,उद्योग वाणिज्य संघकातर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाललाई राखिएको छ ।

भीरबाट लडेर राेल्पामा एक महिलाको मृत्यु

अमृतमान वली

असाेज ५ राेल्पा । भीरबाट लडेर राेल्पा गंगादेव गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गंगादेव गाउँपालिका -२ डाँडागाउँ बस्ने २५ वर्षिय अनिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

अनिता सुनारर बुधबार बिहान करिब ८ बजेतिर घाँस काटनकाे लागि गएको अवस्थामा स्थानीय खानिपाखा सामुदायिक वनकाे पठाचौर भन्ने ठाउँमा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

उनी मृत भेटिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय सुख्खाओढारबाट प्रहरी टाेलि घटनास्थल पुगि घटनास्थलकाे अनुगमन गरि शव पाेष्टमार्टमका लागि पठाउने तयारी गरिरहेकाे प्रहरी निरीक्षक भुसालले बताए।

हाम्रो पहुँचको वली दाङबाट एकल प्रतिनिधित्व

 

दाङ, ४ असोज ।

हाम्रो पहुँच तेक्वान्दो डोजाङको कोमल वली नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट हुनुभएको छ । प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्न लाग्नुभएको हो । वली प्रतियोगिताका लागि असोज २ र ३ गते बुटवलमा भएको लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीतामा प्रदेश प्रथम हुनुभएको हो ।

आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुन गइरहेको नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्नुभएको हाम्रो पहुँच तेक्वान्दो डोजाङ प्रमुख राकेश परियारले जानकारी दिनुभयो ।उहाँले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संचालित हाम्रो पहुँच माध्यमिक विद्यालयको हाम्रो पहुँच तेक्वान्दो डोजाङमै प्रशिक्षण लिनुभएको हो । हाम्रो पहुँच विद्यालयले विद्यार्थीलाई शिक्षासंगै खेलकुदका गतिविधि संचालन गर्ने गरेको छ ।

राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुने वलीलाई विद्यालयले जितको अग्रिम शुभकामना समेत प्रदान गरेको छ । विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले नवौँ राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुने हाम्रो पहुँच तेक्वान्दो डोजाङको वलीलाई छनौट भएकोमा बधाई ज्ञापन गर्दै राष्ट्रिय प्रतियोगितामा पनि जितको शुभकामना दिनुभएको छ ।

तुलसीपुरमा ‘अप्टिमिस्ट क्लब’सञ्चालनमा

तुलसीपुर, ३ असोज ।

दाङको तुलसीपुरमा ‘अप्टिमिस्ट’ क्लब सञ्चालनमा आएको छ । शिक्षा क्षेत्रमा सक्रिय ब्यक्ती मानबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालनमा आएको क्लबले आफ्ना गतिबिधि अगाडी बढाएको छ । क्लबको आईतबार पहिलो बैठक बसेको छ । बैठकले कार्य समितिलाई पूर्णता दिएको छ । अध्यक्षमा बस्नेतसहित उपाध्यक्षमा कमल साप्कोटा, सचिबमा एकराज भण्डारी, कोषाध्यक्षमा विष्णु योगी रहेका छन् ।

त्यस्तै पार्लियामेन्टरीयनमा नेत्रलाल भट्टराई नारायण, पर्यवेक्षक एवं मूल्यांकन सभापतिमा टिम अधिकारी, जनसम्पर्क अधिृकतमा डीआर भण्डारी, कानुनी सल्लाहकारमा निरञ्जन पाण्डे, प्रबक्तामा दीपक बोहरा, डाईरेक्टरमा घनश्याम डाँगी, डम्बर डाँगी र नोबेल डीसी रहेका छन् । त्यस्तै विजनेश कोर्डिनेटरमा मानबहादुर वली, वेल विइङ इनिटेटिन कोर्डिनेटरमा माधव न्यौपाने, एपोर्टस् लिग कोर्डिनेटरमा ढुण्डीराज वली, युथ मोटिभेटरमा शरण कुमार जीएम, चिल्ड वेल फियर कोर्डिनेटरमा मेघराज पोख्रेल, मिट एण्ड ग्रेट कोर्डिनेटरमा नवराज भण्डारी, वरटेरिकल कोर्डिनेटरमा कमल प्रसाद शर्मा रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा मेघराज घिमिरे, झरेन्द्र खरेल, गिरीराज डाँगी, सूर्यप्रसाद शर्मा, विष्णु प्रसाद देवकोटा, गिरीराज डाँगी रहेका छन् ।

मानिसमा सकारात्मक सोँचको विकास गरि आसावादी जीवन दर्शन प्रबद्र्धन गर्ने क्लबको उद्देश्य रहेको अध्यक्ष बस्नेतले बताए । मानिश ब्यक्तीबादी र तनाबपूर्ण जीवन बाचिरहेको भन्दै त्यस्ता ब्यक्तीहरुलाई सकारातमक र आशावादी बनाउन क्लबले भूमिका खेल्ने बताउनुभयो । साथै समाजकालागि जहाँ जे आबश्यक पर्छ, त्यहाँ अप्टिमिस्ट हाँजिर हुने समेत बताए ।

खासगरि बालबालिका तथा किशोर किशोरीहरुमा सकारात्मक भावना तथा आशावादी जीवन दर्शनको प्रबर्दन गर्ने उद्देश्य समेत रहेको छ । उक्त क्लबको विश्वका करिब ३० वटा भन्दा बढि देशमा शाखाहरु रहेका छन् । नेपालमा २०१७ सालमा सञ्चालनमा आएको हो । हाल नेपालमा ४१ वटा क्लबहरु र ४ वटा जुनियर अप्टिमिस्टिक क्लब रहेका छन् । नयाँ क्लबहरु पनि खुल्ने क्रम जारी रहेको रहेको अध्यक्ष बस्नेतले जानकारी गराए । बैठकको सहजीकरण सचिब एकराज भण्डारीले गरेका थिए ।

लघुवित्तमा सक्रिय महिलाहरु

दाङ,१ असोज ।

कुनै समय चुलोचौकोमै सीमित हुने महिलाहरु पछिल्लो समय सामाजिक क्षेत्रमा पनि सक्रिय हुन थालेका छन् । लघुवित्तमा जोडिएपछि अहिले महिलाहरु उद्यममा जोडिएर आम्दानी गर्दै आएका छन् । स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखामा आबद्ध समूह ३१ की प्रमुख लक्ष्मी गिरीले कुनै समय गाउँ घरमा पैसा सापटी माग्दा पनि पत्याउने अबस्था थिएन्, जब लघुवित्तमा जोडिईन् । त्यसपछि त्यसबाटै जीवनयापन गर्न सजिलो भएको छ ।‘मैले पैसा सापटी माग्दा गाउँका मान्छेले दिन मान्ने अबस्था पनि थिएन, त्यसले आफ्नो जीवन यापनमा पनि समस्या हुन्थ्यो’, उनले भनिन् ‘तर, अहिले लघुवित्तमा जोडिएपछि सहज भएको छ ।’

त्यस्तै बेलमति विकलाई पनि घर धान्न समस्या हुन्थ्यो । अहिले लघुवित्तबाटै ऋण लिएर ब्यबसायीक खेति गरेपछि मनग्य आम्दानी गर्दै आएकी छिन् । लघुवित्तले यस्तै थुप्रै महिलाहरुलाई सहज बनाएको छ ।  केन्द्र ३१ की प्रमुख लक्ष्मी गिरीका अनुसा अहिले छोराछोरीलाई पढाउनदेखि हरेक कुरामा सहज भएको बताईन् । उनका अनुसार महिलाहरुले पनि लघुवित्तबाट ऋण लिएर भैसी,कुखुरा पालन गर्नुकासाथै ब्यबसायीक खेति गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । जसबाट उनीहरुले आम्दानी गर्नुकासाथै समाजमा प्रतिष्ठा पनि बढेको छ ।‘हामीले आम्दानी मात्रै गर्ने गरेका छैनौं’,उनले भनिन्‘समाजमा प्रतिष्ठा पनि कमाएका छौं, सबैले सम्मान गर्ने भएका छौं, सबैसंग आफ्ना कुरा राख्न सक्ने भएका छौं ।

स्वाबलम्बन लघुवित्त वित्तिय संस्थाका मात्रै तुलसीपुरमा २५१ वटा केन्द्रहरु छन् । संस्थाका तुलसीपुर शाखा प्रमुख चन्द्रबहादुर थापाका अनुसार साना तथा मझौला ब्यबसायीहरुलाई कुनै पनि निकायले चासो नदिएकाले यस्ता ब्यबसायीहरुलाई लघुवित्तले लगानी गरेको बताए । जसले गर्दा उद्यममा सहज भएको उनको भनाई थियो । साथै संस्थाले तुलसीपुरमा केन्द्रका प्रमुखहरुलाई गोष्ठी आयोजना गरेर प्रशिक्षण पनि दिएको छ । वित्तिय संस्थाको नीति नियम, कार्यान्वयन, केन्द्रमा देखिएका समस्या र चुनौतिहरु, बर्तमान अबस्थामा कर्जा लिएर ब्यबसाय गर्ने भन्दा पनि अन्य काममा खर्च गर्ने समस्या रहेकाले यस्ता कुरा समाधान गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

त्यस अवसरमा धेरै वित्तिय संस्थामा बस्दा त्यसले समस्या निम्त्याउने भन्दै सीमित संस्थामा मात्रै आबद्ध हुन तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सबै सदस्यमा अनुरोध गरे । साथै अहिले कर्जा लिएर अन्य काममा चलाउने गरेको भन्दै त्यसले घरमा झनै समस्या ल्याउने भन्दै आयमुलक कार्यमा लगाउनुपर्ने, एउटाले कर्जा लिएर अर्कोलाई उपभोग गर्न दिनेजस्ता कार्य नगर्न समेत अनुरोध गरे । यस्तै महिलाहरुलाई यस्ता जागरणका कार्यक्रमले अगाडी बढाउने समेत बताए ।

पहिलो दिन भदौ२६ गते तुलसीपुर उपमहानगपालिकाका उपप्रमुख स्यानी चौधरीले उद्घाटन गरेकी हुन् । सोही दिन इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्ल सहभागि थिए । त्यस्तै भदौ २७ गते तुलसीपुर ७ का वडाध्यक्ष रामबहादुर जीसी, २८ गते तुलसीपुर ९ का वडाध्यक्ष घनश्याम ढकाल, ३० गते तुलसीपुर ६ का वडाध्यक्ष बर्षात भण्डारी र ३१ गते १८ का वडाध्यक्ष माधव वलीको सहभागिता रहेको थियो ।

अटोमा आगो लगाउने कार्यमा संलग्न २ जना पक्राउ

दाङ,१ असोज ।

हिजो शुक्रबार अटोमा आगो लगाउने कार्यमा संलग्न २ जना पक्राउ भएका छन । ललितपुर महानगरपालिका वडा न.१७ कृष्ट हास्पिटल चोक स्थाई घर भई हाल दाङ जिल्लाको घोराही उपमहानगरपालीका वडा न.१५ मा बस्ने बर्ष २३ का मिलन पौडेल र बाग्लुङ जिल्लाकी वडा न.२ ढाड स्थाई घर भई हाल घोराही उप–महानगरपालीका वडा न.१५ वि.पि चोक डेरा गरीबस्ने बर्ष २९ की कमला दर्जी संलग्न भएको बताईएको छ ।

हिजो दिउँसो अंन्दाजी०१ः३० बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं.१५ विपि चोक नजिक कुशल सुबेदीको घरमा कोठा भाडालिई बस्ने टेक बहादुर खत्रीको रा १ ह ८६६० नं.को अटो (घर अगाडी बाटो छेउमा पार्किङ गरी राखेको अबस्थामा) एक्कासी आगलागी भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाट ७ जनाको प्रहरी टोली खटि गई हेर्दा अटो पुर्ण रुपमा जली नष्ट भईसकेको अबस्थामा भेटिएको थियो । आगो के ,कसरी,कोकसले लगाएको भनि घटना स्थलको अध्यायन तथा खोजतलास गर्दे जाने क्रममा मिलन पौडेल र कमला दर्जी संलग्न भएको आधारमा पक्राउ परेका हुन् ।अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय घोराहीले बताएको छ ।

सल्यानका ४७ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

 भदाै ३१, सल्यान ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि देशभर ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरिएकाे छ । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।

‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो । कुल १० वटा पालिका रहेकाे सल्यानमा ४७ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । सबैभन्दा बढी बागचाैर नगरपालिकामा ८ वटा, छत्रेश्वरी गाउँपालिकामा ६, सिद्ध कुमाख गाउँपालिकामा ५ र अन्य ७ वटा पालिकाहरूमा ४/४ वटा विद्यालयहरु छनाेटमा परेका हुन् ।

 

सल्यानका ४७ वटा विद्यालयका लागि कुल १० कराेड ९५ लाख बजेट छुट्टिएकाे छ । जसमा सबैभन्दा बढी पाउने विद्यालयले ५० लाख पाएका छन् भने कम पाउने विद्यालयले ६ लाख ५० हजार बजेट पाएका छन् । अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोबिन्दराज पोख्रेलले कार्यक्रम कार्यान्वयन सम्बन्धी बिस्तृत प्रक्रिया तयारी भईरहेको जनाएका छन् । उनले वित्तिय हस्तान्तरण हुने क्रममा रहेकोले प्राप्त भएपछि कार्यक्रम लागू गुर्न गराउनु निर्देशन दिएका छन् । कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।

विश्व हिन्दू परिषद्द्वारा शुद्धीकरण यज्ञ सम्पन्न : १७ परिवारका ५० सदस्य पुनः हिन्दू धर्ममा फर्के

३० भदौ, जनकपुरधाम ।

विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम)सम्पन्न भएको छ । परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि अयोजित उक्त कार्यक्रममा विविध कारणले स्वधर्म (हिन्दूधर्म) छोडेर इसाईकरणको षड्यन्त्रमा फसेर धर्मान्तरित भएका हिन्दू समाजका १७ परिवारका ५० जना पुनः स्वधर्ममा (हिन्दूधर्म) ससम्मान प्रत्यावर्तन (घरवापसी) गरेका छन । विविध पुजा, हवन एवं यज्ञ प्रज्ज्वलन गरी परधर्ममा गएकाहरुलाई शुद्धीकरण गर्दै पुनः हिन्दू धर्ममा स्वागत गरिएको हो ।
परिषद्द्वारा आयोजित उक्त कार्यक्रममा महन्थ रामभूषण शरण जी महाराज, परिषद्का ट्रष्टी श्री ओम प्रकाश सर्राफ, जिल्ला अध्यक्ष संतोष साह, उपाध्यक्ष अमन प्रसाद गुप्ता, सचिव बह्मदेव महतो, स्थानीय पदाधिकारी, पूर्णकालिक कार्यकर्ता एवं स्थानीयबासी समेतको उत्साहजनक उपस्थिति रहेको थियो ।


कार्यक्रममा पुनः स्वधर्ममा फर्केकाहरु अत्यन्तै हर्ष व्यक्त गर्दै विहिपलाई योे व्यवस्था मिलाई दिएकोमा आभार व्यक्त गरेका थिए साथै परधर्ममा गएको प्रति पश्चाताप समेत गरेका थिए ।
विविध षडयन्त्रमा परी परधर्ममा गएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि विश्व हिन्दू परिषद् नेपाल सदैव तत्पर रहेको र आगामी समयमा समेत यस किसिमको कार्यक्रमहरुलाई निरन्तरता दिने परिषद्का जिल्ला अध्यक्ष संतोष साहले बताए ।

हाम्रो पहुँच माविमा विपन्न बालबालिका सहयोग कोष स्थापना

 

दाङ,२९ भाद्र ।

हाम्रो पहुँच माविले विपन्न बालबालिका सहयोग कोष स्थापना गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयले ४६ हजार बढीको विपन्न बालबालिका सहयोग कोष स्थापना गरेको हो । आर्थिक अवस्था कमजोर भएर कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोउन भन्ने उद्देश्यका साथ विद्यालयले ४६ हजार ६ सय ६५ रुपैंयाको बराबरको सहयोग कोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक भण्डारीले जानकारी दिनुभयो ।विद्यालयका शिक्षकको तर्फबाट २६ हजार ६ सय र विद्यार्थीहरुले खाजा खर्च कटाएर २० हजार ६५ रुपैंया गरी ४६ हजार ६ सय ६५ रुपैंयाको कोष स्थापना भएको हो । कोषले विपन्न बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उहाँले बताउनुभयो । कोषलाई आगामी दिनहरुमा बढाँउदै लैजाने प्रअ भण्डारीले जानकारी दिनुभयो ।

 

यसैबिच विद्यालयले बुधबार आज विभिन्न कार्यक्रम गरी ५८ औँ राष्ट्रिय बाल दिवस मनाएको छ । बाल दिवसको अबसरमा विद्यालयले चित्रकला प्रतियोगिता , कविता प्रतियोगिता, चम्चा दौड, कुर्सि दौड र चक्लेट दौड प्रतियोगिता गरेको छ भने नाटक , नृत्य, गित प्रस्तु भएको थियो । कविता प्रतियोगितामा कक्षा ६ देखी १० सम्मका १२ जना विद्यार्थीहरुले भाग लिएका थिए । जसमा ग्रिन हाउस कक्षा ९ (जि) का अनुप चौधरी प्रथम, रेड हाउस कक्षा ७ (आर) ग्रुपका अनुप पौडेल द्धितिय, रेड हाउसकै कक्षा ८ का तृप्ती न्योपाने तृतिय हुनुभएको छ । रेड हाउस कक्षा ८ का स्वस्तीमा विसी. सान्तोन हुनुहुभएको छ । त्यसैगरी चित्रकला प्रपतयोगितामा कक्षा ३ देखी ५ सम्मका २० जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमा ह्वाइट हाउस कक्षा ३ (जि)का एल्जिन चन्द प्रथम, बुलु हाउस कक्षा ४ (जी) ग्रपका सुयोग वली द्धितिय, ह्वाइट हाउस कक्षा ५ (जि) ग्रुपका सागर चौधरी तृतिय हुनुभएको छ । त्यस्तै बुलु हाउस कक्षा ४ का राजन केसी चौथो हुनुभएको छ । त्यसैगरी नर्सरी देखी कक्षा २ सम्मका विद्यार्थीहरुले चम्चा दौड, कुर्सी दौड , चक्लेट दौडमा सहभागी भएका थिए । हाम्रो पहुँच माविका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो । विद्यालयका कल्याणकारी अधिकृत तिलकराम कालाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

पत्रकार कुसलभ विरुद्ध मिडियावाजी गर्दै म्यानपावरका दलाल, प्रहरी समेत मतियार

काठमाडौँ – नेपाली युवाहरु विदेश पुर्याएर अलपत्र पार्ने म्यानपावर कम्पनीले पत्रकार कुशल खत्री (कुशलभ)का विरुद्ध मिडियावाजी गरिरहेको पाइएको छ । महाराजगञ्जस्थित नासा ह्युमन रिसोर्सेसले आफ्नो कार्यालयमा पुगेर हुलहुज्जत गरेको भन्दै पत्रकार खत्रीका विरुद्ध मिडियावाजी गरेको पाइएको हो ।

खत्री विरुद्ध म्यानपावरका संचालक युवराज गुरुङले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएको र खत्री प्रहरीको फरार सूचीमा रहेको भन्दै केही अनलाइनहरुमा समाचार लेख्न लगाएका थिए । यस विषयमा प्रहरी बृत्त महाराजगंगका डिएसपी प्रबेश विष्टले पत्रकारका विरुद्ध उजुरी नपरेको बताए ।

पत्रकार विरुद्धका उजुरीहरु प्रहरीले दर्ता गर्न मिल्दैन, तपाईँले कुशल खत्रीको उजुरी दर्ता गर्नुभएछ नी भन्ने मोटिभेट न्यूजको प्रश्नमा विष्टले भने, ‘पत्रकार विरुद्ध उजुरी परेको बारे मलाई जानकारी छैन । यदी फैजदारी कसुर हो भने हामीले दर्ता गर्न मिल्छ । उहाँको विषय के हो म बुझौँला ।’

उनले माटिभेटलाई यस्तो जवाफ दिएपनि अरुलाई उजुरी परेको भनेर बताउने गरेका छन् । उनको दोहोरो चरित्रले प्रयाप्त प्रमाणका आधारमा पीडित युवाहरुको गुनासोसहित रिर्पोटिङमा गएका पत्रकार खत्रीलाई झुठा मुद्धा लगाएर दुःखदिने नियत देखिन्छ ।

खत्रीले बैदेशिक रोजगार विभागका महानिर्देशकसहित बरिष्ठ निर्देशक लगायतसँग लिएको अन्तरवार्तामा म्यानपावर संचालक युवराज गुरुङले गल्ती गरेको स्वीकार गर्दै कारवाहीको दायरामा ल्याउने समेत बताएका थिए । पत्रकार खत्री पीडित युवाहरु म्यानपावर कम्पनीले ठग्यो भन्दै कार्यालयमा आएपछि त्यसको रिर्पोटिङ गर्न गएका थिए । युवाहरुले बैदेशिक रोजगार विभाग, प्रहरी वृत्त महाराजगञ्ज लगायतका ठाउँमा उजुरी गर्दा समेत काम नभएपछि खत्री कहाँ आएका हुन् ।

सत्रीले म्यानपावरका संचालक, एजेण्ट र पीडित युवाहरुलाई एकै ठाउँमा राखेर अन्तरवार्ता गरेका थिए । सोही क्रममा म्यानपावरका एजेण्ट इलामका ३० वर्षीय सुरेनकुमार योङ्गहाङ्ग, उदयपुरका ३२ वर्षीय प्रकाश तामाङ र केही पीडित युवाहरुले हुलदंगा गरेका थिए । उक्त रिपोर्ट खत्रीले मुनलाइट टेलिभिजन, संचार चौतारी डटकम र क्राइम टिभीमा प्रसारण गरेका थिए ।

त्यही विषयमा गुरुङले दुई जना एजेण्टसहित खत्रीलाई अभद्र व्यवहारको मुद्धा दायर गरेका थिए । प्रहरीले दुई जनाको मुद्धा दर्ता गरेको र गुरुङलाई खत्रीको मुद्धा प्रेस काउन्सिलमा दर्ता गर्न भन्दै उता पठाएको थियो । प्रेस काउन्सिलले खत्रीलाई यस विषयमा स्पष्टिकरण सोधेको थियो । उनले प्रयाप्त प्रमाणसहित जवाफ लेखि पठाइसकेको बताए ।

प्रहरीले दुई जना एजेण्टलाई पक्राउ गरेर अभद्र व्यवहारमा मुद्धा दर्ता गरेको छ । उनीहरुलाई अहिले बैदेशिक रोजगार विभागको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

म्यानपावर कम्पनीले साउदीको रेडजोनमा परेको कम्पनीमा पठाई ४९ जनालाई ठगेर अलपत्र पारेको थियो । ती मध्ये २४ जना युवाहरुले नेपाल फर्किएर विभागमा उजुरी गरेका थिए । उजुरीको विषयमा विभागले छानविन गरी कम्पनीका संचालक गुरुङलाई दोषि ठहर गरेको थियो । पछि गुरुङले पीडित युवाहरुलाई बोलाएर केही रकम दिएर फ्रिमा मलेसिया पठाउँछु भनी प्रलोभन देखाएका थिए ।

पत्रकारले पीडितको गुनासोसहित प्रयाप्त प्रमाणका आधारमा रिर्पोटिङ गर्दा म्यानपावरका दलालसँग मिलेर प्रहरीले दुःख दिने नियतले अभद्र व्यवहारको मुद्धा लगाएको खत्रीको भनाई भनाई छ । रिर्पोटिङ गरेकै आधारमा दुःख दिन खोजे प्रहरीको विरुद्ध पनि कडा रुपमा आन्दोलनमा उत्रीने खत्रीको भनाई छ ।

motivatenews.com बाट साभार 

भिडिओमा हेर्नुहोस् उनले गरेको रिर्पोटिङ