नयाँ पुस्ता

अटोमा आगो लगाउने कार्यमा संलग्न २ जना पक्राउ

दाङ,१ असोज ।

हिजो शुक्रबार अटोमा आगो लगाउने कार्यमा संलग्न २ जना पक्राउ भएका छन । ललितपुर महानगरपालिका वडा न.१७ कृष्ट हास्पिटल चोक स्थाई घर भई हाल दाङ जिल्लाको घोराही उपमहानगरपालीका वडा न.१५ मा बस्ने बर्ष २३ का मिलन पौडेल र बाग्लुङ जिल्लाकी वडा न.२ ढाड स्थाई घर भई हाल घोराही उप–महानगरपालीका वडा न.१५ वि.पि चोक डेरा गरीबस्ने बर्ष २९ की कमला दर्जी संलग्न भएको बताईएको छ ।

हिजो दिउँसो अंन्दाजी०१ः३० बजेको समयमा घोराही उपमहानगरपालिका वडा नं.१५ विपि चोक नजिक कुशल सुबेदीको घरमा कोठा भाडालिई बस्ने टेक बहादुर खत्रीको रा १ ह ८६६० नं.को अटो (घर अगाडी बाटो छेउमा पार्किङ गरी राखेको अबस्थामा) एक्कासी आगलागी भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाट ७ जनाको प्रहरी टोली खटि गई हेर्दा अटो पुर्ण रुपमा जली नष्ट भईसकेको अबस्थामा भेटिएको थियो । आगो के ,कसरी,कोकसले लगाएको भनि घटना स्थलको अध्यायन तथा खोजतलास गर्दे जाने क्रममा मिलन पौडेल र कमला दर्जी संलग्न भएको आधारमा पक्राउ परेका हुन् ।अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय घोराहीले बताएको छ ।

सल्यानका ४७ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

 भदाै ३१, सल्यान ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि देशभर ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरिएकाे छ । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।

‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो । कुल १० वटा पालिका रहेकाे सल्यानमा ४७ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । सबैभन्दा बढी बागचाैर नगरपालिकामा ८ वटा, छत्रेश्वरी गाउँपालिकामा ६, सिद्ध कुमाख गाउँपालिकामा ५ र अन्य ७ वटा पालिकाहरूमा ४/४ वटा विद्यालयहरु छनाेटमा परेका हुन् ।

 

सल्यानका ४७ वटा विद्यालयका लागि कुल १० कराेड ९५ लाख बजेट छुट्टिएकाे छ । जसमा सबैभन्दा बढी पाउने विद्यालयले ५० लाख पाएका छन् भने कम पाउने विद्यालयले ६ लाख ५० हजार बजेट पाएका छन् । अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोबिन्दराज पोख्रेलले कार्यक्रम कार्यान्वयन सम्बन्धी बिस्तृत प्रक्रिया तयारी भईरहेको जनाएका छन् । उनले वित्तिय हस्तान्तरण हुने क्रममा रहेकोले प्राप्त भएपछि कार्यक्रम लागू गुर्न गराउनु निर्देशन दिएका छन् । कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।

विश्व हिन्दू परिषद्द्वारा शुद्धीकरण यज्ञ सम्पन्न : १७ परिवारका ५० सदस्य पुनः हिन्दू धर्ममा फर्के

३० भदौ, जनकपुरधाम ।

विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम)सम्पन्न भएको छ । परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि अयोजित उक्त कार्यक्रममा विविध कारणले स्वधर्म (हिन्दूधर्म) छोडेर इसाईकरणको षड्यन्त्रमा फसेर धर्मान्तरित भएका हिन्दू समाजका १७ परिवारका ५० जना पुनः स्वधर्ममा (हिन्दूधर्म) ससम्मान प्रत्यावर्तन (घरवापसी) गरेका छन । विविध पुजा, हवन एवं यज्ञ प्रज्ज्वलन गरी परधर्ममा गएकाहरुलाई शुद्धीकरण गर्दै पुनः हिन्दू धर्ममा स्वागत गरिएको हो ।
परिषद्द्वारा आयोजित उक्त कार्यक्रममा महन्थ रामभूषण शरण जी महाराज, परिषद्का ट्रष्टी श्री ओम प्रकाश सर्राफ, जिल्ला अध्यक्ष संतोष साह, उपाध्यक्ष अमन प्रसाद गुप्ता, सचिव बह्मदेव महतो, स्थानीय पदाधिकारी, पूर्णकालिक कार्यकर्ता एवं स्थानीयबासी समेतको उत्साहजनक उपस्थिति रहेको थियो ।


कार्यक्रममा पुनः स्वधर्ममा फर्केकाहरु अत्यन्तै हर्ष व्यक्त गर्दै विहिपलाई योे व्यवस्था मिलाई दिएकोमा आभार व्यक्त गरेका थिए साथै परधर्ममा गएको प्रति पश्चाताप समेत गरेका थिए ।
विविध षडयन्त्रमा परी परधर्ममा गएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि विश्व हिन्दू परिषद् नेपाल सदैव तत्पर रहेको र आगामी समयमा समेत यस किसिमको कार्यक्रमहरुलाई निरन्तरता दिने परिषद्का जिल्ला अध्यक्ष संतोष साहले बताए ।

हाम्रो पहुँच माविमा विपन्न बालबालिका सहयोग कोष स्थापना

 

दाङ,२९ भाद्र ।

हाम्रो पहुँच माविले विपन्न बालबालिका सहयोग कोष स्थापना गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयले ४६ हजार बढीको विपन्न बालबालिका सहयोग कोष स्थापना गरेको हो । आर्थिक अवस्था कमजोर भएर कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोउन भन्ने उद्देश्यका साथ विद्यालयले ४६ हजार ६ सय ६५ रुपैंयाको बराबरको सहयोग कोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक भण्डारीले जानकारी दिनुभयो ।विद्यालयका शिक्षकको तर्फबाट २६ हजार ६ सय र विद्यार्थीहरुले खाजा खर्च कटाएर २० हजार ६५ रुपैंया गरी ४६ हजार ६ सय ६५ रुपैंयाको कोष स्थापना भएको हो । कोषले विपन्न बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उहाँले बताउनुभयो । कोषलाई आगामी दिनहरुमा बढाँउदै लैजाने प्रअ भण्डारीले जानकारी दिनुभयो ।

 

यसैबिच विद्यालयले बुधबार आज विभिन्न कार्यक्रम गरी ५८ औँ राष्ट्रिय बाल दिवस मनाएको छ । बाल दिवसको अबसरमा विद्यालयले चित्रकला प्रतियोगिता , कविता प्रतियोगिता, चम्चा दौड, कुर्सि दौड र चक्लेट दौड प्रतियोगिता गरेको छ भने नाटक , नृत्य, गित प्रस्तु भएको थियो । कविता प्रतियोगितामा कक्षा ६ देखी १० सम्मका १२ जना विद्यार्थीहरुले भाग लिएका थिए । जसमा ग्रिन हाउस कक्षा ९ (जि) का अनुप चौधरी प्रथम, रेड हाउस कक्षा ७ (आर) ग्रुपका अनुप पौडेल द्धितिय, रेड हाउसकै कक्षा ८ का तृप्ती न्योपाने तृतिय हुनुभएको छ । रेड हाउस कक्षा ८ का स्वस्तीमा विसी. सान्तोन हुनुहुभएको छ । त्यसैगरी चित्रकला प्रपतयोगितामा कक्षा ३ देखी ५ सम्मका २० जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमा ह्वाइट हाउस कक्षा ३ (जि)का एल्जिन चन्द प्रथम, बुलु हाउस कक्षा ४ (जी) ग्रपका सुयोग वली द्धितिय, ह्वाइट हाउस कक्षा ५ (जि) ग्रुपका सागर चौधरी तृतिय हुनुभएको छ । त्यस्तै बुलु हाउस कक्षा ४ का राजन केसी चौथो हुनुभएको छ । त्यसैगरी नर्सरी देखी कक्षा २ सम्मका विद्यार्थीहरुले चम्चा दौड, कुर्सी दौड , चक्लेट दौडमा सहभागी भएका थिए । हाम्रो पहुँच माविका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो । विद्यालयका कल्याणकारी अधिकृत तिलकराम कालाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

दाङमा निशुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रमबारे सरोकारवालासँग छलफल

दाङ, भदौ २९ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले आज घोराहीमा एक कार्यक्रम गरी प्रि—डिप्लोमा तह निुशुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रमबारे सरोकारवालासँग छलफल गरेको छ । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदद्धारा मान्यताप्राप्त २४ महिने निशुल्क सूचना प्रविधि बिषयमा विद्यालय, प्रशिक्षणका लागि आवेदन दिएका विद्यार्थी, रोजगारदाता र अन्य सरोकावाला निकायसँग कार्यक्रमको बिधिध पक्षको बारेमा छलफल भएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले प्राविधिक शिक्षाको अभावमा मानिस रोजगारीकै लागि बारिहिनुपर्ने बाध्यता रहेको बताएका छन । पछिल्लो समय दाङमा पनि प्राविधिक शिक्षाका अवसर जुट्दै गएको भन्दै यस्ता कार्यक्रमबाट कुनै काम गर्दा सीप भएका मानिसहरु बाहिरबाट ल्याउनु पर्ने बाध्यताको अन्त्य हुने विश्वास ब्यक्त गरेका छन ।

 

 

सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व एंव घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागि बक्ताहरुले कार्यक्रमलाई सफल बनाउनका लागि सवै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले समय सापेक्ष सीप हासिल गर्ने ब्यक्ति अव बेरोजगार हुने अवस्था नहुने बताउनुभयो । अव ज्ञानसगै सिपलाई जोडेर लैजानु पर्ने भन्दै उहाँले अव परिवर्तित समयको मागसगै युवा जगतले आफूलाई सीप र प्रविधियुक्त हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

 

 

प्राविधिक सहयोगी निकाय हेल्विटास नेपालका ज्ञानु चौधरीले कार्यक्रमको बिस्तृत पक्षका बारेमा जानकारी गराउनु भएको थियो । विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले विद्यालयमा सञ्चालनमा रहेको निशुल्क २४ महिने कार्यक्रमबाट धेरैले सिपसँगै आफू स्वरोजगार भएको र सीप सिकेकाले रोजगारी पाएको बताउनुभयो ।कार्यक्रममा उद्योग बाणिज्य संघ दाङका बरिष्ट उपाध्यक्ष नरेश कार्की, क्यान नेपालका जिल्ला अध्यक्ष कर्णबहादुर पुन, इन्स्योर परियोजना घोराही उपमहनगरपालिकाका फोकल पर्सन मोतीराम न्यौपाने लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक एंव कार्यक्रम संयोजक प्रकाश डाँगीले गर्नु भएको थियो ।

 

पत्रकार कुसलभ विरुद्ध मिडियावाजी गर्दै म्यानपावरका दलाल, प्रहरी समेत मतियार

काठमाडौँ – नेपाली युवाहरु विदेश पुर्याएर अलपत्र पार्ने म्यानपावर कम्पनीले पत्रकार कुशल खत्री (कुशलभ)का विरुद्ध मिडियावाजी गरिरहेको पाइएको छ । महाराजगञ्जस्थित नासा ह्युमन रिसोर्सेसले आफ्नो कार्यालयमा पुगेर हुलहुज्जत गरेको भन्दै पत्रकार खत्रीका विरुद्ध मिडियावाजी गरेको पाइएको हो ।

खत्री विरुद्ध म्यानपावरका संचालक युवराज गुरुङले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएको र खत्री प्रहरीको फरार सूचीमा रहेको भन्दै केही अनलाइनहरुमा समाचार लेख्न लगाएका थिए । यस विषयमा प्रहरी बृत्त महाराजगंगका डिएसपी प्रबेश विष्टले पत्रकारका विरुद्ध उजुरी नपरेको बताए ।

पत्रकार विरुद्धका उजुरीहरु प्रहरीले दर्ता गर्न मिल्दैन, तपाईँले कुशल खत्रीको उजुरी दर्ता गर्नुभएछ नी भन्ने मोटिभेट न्यूजको प्रश्नमा विष्टले भने, ‘पत्रकार विरुद्ध उजुरी परेको बारे मलाई जानकारी छैन । यदी फैजदारी कसुर हो भने हामीले दर्ता गर्न मिल्छ । उहाँको विषय के हो म बुझौँला ।’

उनले माटिभेटलाई यस्तो जवाफ दिएपनि अरुलाई उजुरी परेको भनेर बताउने गरेका छन् । उनको दोहोरो चरित्रले प्रयाप्त प्रमाणका आधारमा पीडित युवाहरुको गुनासोसहित रिर्पोटिङमा गएका पत्रकार खत्रीलाई झुठा मुद्धा लगाएर दुःखदिने नियत देखिन्छ ।

खत्रीले बैदेशिक रोजगार विभागका महानिर्देशकसहित बरिष्ठ निर्देशक लगायतसँग लिएको अन्तरवार्तामा म्यानपावर संचालक युवराज गुरुङले गल्ती गरेको स्वीकार गर्दै कारवाहीको दायरामा ल्याउने समेत बताएका थिए । पत्रकार खत्री पीडित युवाहरु म्यानपावर कम्पनीले ठग्यो भन्दै कार्यालयमा आएपछि त्यसको रिर्पोटिङ गर्न गएका थिए । युवाहरुले बैदेशिक रोजगार विभाग, प्रहरी वृत्त महाराजगञ्ज लगायतका ठाउँमा उजुरी गर्दा समेत काम नभएपछि खत्री कहाँ आएका हुन् ।

सत्रीले म्यानपावरका संचालक, एजेण्ट र पीडित युवाहरुलाई एकै ठाउँमा राखेर अन्तरवार्ता गरेका थिए । सोही क्रममा म्यानपावरका एजेण्ट इलामका ३० वर्षीय सुरेनकुमार योङ्गहाङ्ग, उदयपुरका ३२ वर्षीय प्रकाश तामाङ र केही पीडित युवाहरुले हुलदंगा गरेका थिए । उक्त रिपोर्ट खत्रीले मुनलाइट टेलिभिजन, संचार चौतारी डटकम र क्राइम टिभीमा प्रसारण गरेका थिए ।

त्यही विषयमा गुरुङले दुई जना एजेण्टसहित खत्रीलाई अभद्र व्यवहारको मुद्धा दायर गरेका थिए । प्रहरीले दुई जनाको मुद्धा दर्ता गरेको र गुरुङलाई खत्रीको मुद्धा प्रेस काउन्सिलमा दर्ता गर्न भन्दै उता पठाएको थियो । प्रेस काउन्सिलले खत्रीलाई यस विषयमा स्पष्टिकरण सोधेको थियो । उनले प्रयाप्त प्रमाणसहित जवाफ लेखि पठाइसकेको बताए ।

प्रहरीले दुई जना एजेण्टलाई पक्राउ गरेर अभद्र व्यवहारमा मुद्धा दर्ता गरेको छ । उनीहरुलाई अहिले बैदेशिक रोजगार विभागको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

म्यानपावर कम्पनीले साउदीको रेडजोनमा परेको कम्पनीमा पठाई ४९ जनालाई ठगेर अलपत्र पारेको थियो । ती मध्ये २४ जना युवाहरुले नेपाल फर्किएर विभागमा उजुरी गरेका थिए । उजुरीको विषयमा विभागले छानविन गरी कम्पनीका संचालक गुरुङलाई दोषि ठहर गरेको थियो । पछि गुरुङले पीडित युवाहरुलाई बोलाएर केही रकम दिएर फ्रिमा मलेसिया पठाउँछु भनी प्रलोभन देखाएका थिए ।

पत्रकारले पीडितको गुनासोसहित प्रयाप्त प्रमाणका आधारमा रिर्पोटिङ गर्दा म्यानपावरका दलालसँग मिलेर प्रहरीले दुःख दिने नियतले अभद्र व्यवहारको मुद्धा लगाएको खत्रीको भनाई भनाई छ । रिर्पोटिङ गरेकै आधारमा दुःख दिन खोजे प्रहरीको विरुद्ध पनि कडा रुपमा आन्दोलनमा उत्रीने खत्रीको भनाई छ ।

motivatenews.com बाट साभार 

भिडिओमा हेर्नुहोस् उनले गरेको रिर्पोटिङ

पत्रकार मगरले गरे शैक्षिक सामाग्रि वितरण

अमृतमान वली, चैत्र २७ रोल्पा

रोल्पा जिल्लाको रुन्टिगडि गाउपालिका-८ मगरगोरीमा अबस्थित श्री भानु आधारभुत बिद्ययालयमा एक कार्यक्रम गरी आधरभुत बिकाश केन्द्र (सिसु) का १२ विद्यार्थी सहित कक्षा १, २,३ र ४ का ११० विध्यार्थि लाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

अनलाइन टि भि पत्रकार संघ दाङ जिल्लाका सचिब एच. आर. मगरको पहलमा साउदीमा रहनुभएका बेगम पुनले पठाउनु भयको रु ५० हजारबाट उक्त बिद्यालयका आधरभुत बिकाश केन्द्र (सिसु) कक्षा, ३ र ४ कक्षाका विद्यार्थीहरुलाई स्कुल झोला र कक्षा १ र २का विद्यार्थी लाई  कापी कलम गरी करिब ५० हजार बराबर सहयोग गर्नु भएको हो ।

बिध्यलय का प्राध्यानापक टेकेन्द्र घर्तिको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा स्कुलकि शिक्षिका दिपा बुढा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने रुन्टिगडि गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष श्रि भिम ब. पुन को प्रमुख अतिथित्यमा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा प्रमुख अतिथि पुनले बेगम पुनले जस्तै अरु युवाहरुले पनि स्कुल लाई सहयोग गरेमा स्कुलको स्तर र उन्नति हुने र त्यस प्रकारका सहयाेगले निम्न बर्गका बालबालिकालाई पढाईमा थप सहयाेग हुने जानकारी दिनुभयाे ।

अनलाइन टिभि पत्रकार संघ दाङ जिल्लाका सचीव एच. आर. मगरले पनि दुर्गम क्षेत्रमा रहेको स्कुलमा आफु स्वयंम आएर सहयोग गर्न पाउदा निकै खुशी भएको र कार्यक्रम बाटै सहयोग पठाउने बेगम पुनलाई पनि विशेष धन्यवाद दिएका थिए । बिशिस्ट अतिथि विध्यलयका सुचना अधिकृत टिकाराम बुढाथोकी लगायत अम्बर बहादुर बहकरि, कृष्ण ब. साहु, तुलसी पुन, बोम बहादुर पुन, अर्जुन रोका मगर, भानु घर्ति मगर लगाएत अन्य अतिथि हरुले पनि आफ्नो मन्तव्य राखेका थिए ।

 

सहयोग स्वरुप कापि, कलम, झोला पाउदा विद्यार्थीहर पनि निकै खुशि र हर्षत भएका थिए भने कार्यक्रमको सन्चालन आर. जे. शान्तराम ले गरेका थिए ।

दार्शकको रोजाईमा ‘बस्तीपुर’को ट्रेलर

हिमाल खड्का, चैत्र २३ काठमाण्डौ 

मनोरञ्जनको क्षेत्रमा विभिन्न डिजिटल प्ल्याटफर्महरुमा वेव सिरिजहरु हेर्न दर्शकहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न बिषयबस्तुहरुलाई आकर्षक र उत्सुकता जगाउने तरिकाले पनि प्रस्तुत गरिएकाले पनि होला अहिले एउटै वेव सिरिजका पनि थुप्रै भागहरु बन्ने गरिरहेका हुन्छन ।

पछिल्लो समय नेपाली बजारमा पनि विभिन्न वेव सिरिज बनिरहेका छन । यसै क्रममा एउटा निकै नै राम्रो बिषयबस्तु समिटिएको नेपाली वेव सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । एओन क्रीयसन प्रालिद्वारा निर्माण गरिएको नेपाली कथानक वेव सिरिज बस्तीपुरको फर्स्टलुक ट्रेलर गत सोमबार A-one Television युत्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

एओन क्रीयसन प्रालिका कार्यकारी निर्देशक अमृतमान ओलीले निर्देशन गरेको यस वेव सिरिजमा दाङको वस्तिपुर भन्ने एउटा सानो गाउँको कथालाई समेटिएकोको निर्देशक वलीले बताए ।

कमल गाउले,कुलदिप अधिकारी,अर्नवी ढुंगाना,बिरु चौधरी,झग्गु भण्डारी,हर्षिका वली,उषा दसौदी, भुलन गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेको बस्तिपुरको कथा पटकथा झग्गु भण्डारीको रहेको छ ।

मनोज खड्काको पार्श्व संगीत,मिराज अर्यालको कलर करेक्सन, बिशाल रोका मगरको छायांकन भएको बस्तिपुरको सम्पादन,निर्माण तथा निर्देशन अमृतमान वलीले गरेका छन । वेव सिरिज युट्युव च्यानल Aone Television मा चैत्र २५ गते देखि हेर्न सकिने समेत वलीले जानकारी दिए । एओन क्रियसन प्रा लिले  प्रस्तुत गरेको बस्तीपुरको निर्माणमा सहकार्य वली मोसन पिक्चर्सको रहेको छ।

भिडियो

झलनाथ-बिपनाको अर्गानिक प्रेम जोडी,टिपिकल भिडियोले चर्चा बटुल्दै ( भिडियो सहित )

हिमाल खड्का

२८ असोज, दाङ।  आजभोलि भाइरल हुने क्रम निकै चलिरहेको छ । कोहि जानाजान आफुलाई भाइरल गराउन चाहान्छन त कोहि अन्जानमै भाइरल भएका हुन्छन । पछिल्लो समय विभिन्न सामाजिक संजालहरु भाइरल हुने र हुनमा निकै सहयोग गर्ने माध्याम बनेका छन । त्यो मध्यको एउटा हो टिकटक । टिकटकमा निकै ठूलो जमात छ जो आफुलाई सबै माझ पुर्याउन तल्लिन छ । केही आफ्नो क्षमता प्रस्तुत गरेर सबै माझ चिनिएका छन त केही उछृङ्खलता प्रस्तुत गरेर पनि भाइरल भैरहेका हुन्छन । टिकटकमा सर्वाधिक रुचाइएर स्टार बन्ने दौडमा रहेका कत्ती टिकटक कलाकारहरु पनि अहिले कलाक्षेत्रमा प्रसस्तै देख्न सकिन्छ।

 

यस्तै टिकटकमा आफ्ना छुट्टै खालका भिडियो सामाग्री प्रस्तुत गरेर सर्वाधिक चर्चा बटुल्ने क्रममा रहेका व्यक्ति हुन झलनाथ खत्री  र बिपना केसीको जोडी । यो जोडीले हेर्दा सामान्य र सबैले जानेको अनि अनुभव गरिसकेको विषयबस्तुलाई टपक्क टिपेर उत्कृष्ट र मौलिक ढंगले टिकटक भिडियोहरु निर्माण गर्दै आएका छन।  उनका साना साना भिडियो क्लिपहरुमा यथार्थता लुकेको हुन्छ।  दुइ प्रेम जोडीहरुको माया प्रेमलाई यथार्थपरक र पुरानो शैलीमा प्रस्तुत गरिएका उनका भिडियोहरु अहिले निकै चर्चामा छन।  पछिल्लो समय निकै चर्चामा रहेको गीत   नबोली – नबोलीमा उनले एउटा पानिपुरिवालाको प्रेम प्रसंगलाई जोडेर गज्जबको भिडियो निर्माण गरेका छन।

उक्त भिडियोलाई झलनाथको अफिसियल  टिकटक आइडिमा करिव  १५ लाख भन्दा बढीले हेरिसकेका छन भने करिव १ लाख ७० हजार भन्दा बढीले लाइक पनि गरेका छन।  त्यस्तै आज भन्दा २ दिन अघि मात्रै उनले दशैंको मुखैमा घोडामा चामल बोकेर गाउँ गाउँ  बेच्ने घोडेवालको लुकेको प्रेमलाई घुमाउरो तर सबैले बुझ्ने गरि पस्केका छन जुन यथार्थपरक र टिपिकल देखिन्छ।  यो भिडियो पनि सर्वाधिक रुचाइएको छ।  अहिलेसम्म टिकटकमा यो भिडियोलाई पनि करिव २ लाख ८० हजारले हेरिसकेका छन। हालसम्म उनले टिकटकमा ७० हजार भन्दा बढी फ्यान फ़्लोइङ्ग कमाइसकेका छन्।

पछिल्लो समय उनिहरुका भिडियो हरुलाई सबैले मन पराएर फेसबूकमा पनि सेयर गर्नेगरेका छन्।  नेपालका चर्चित गायक नारायण रायमाझी,पत्रकार दिल निशानी मगर,शिशिर भण्डारी लगायतले उनको भिडियोहरु सेयर गर्दै थियटर मा प्रस्तुत हुने खालको कला प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।  अहिले विभिन्न सामाजिक संजालमा उनिहरुका  भिडियो हेर्नेहरुबाट सकारात्मक टिप्पणी र हौसाला प्रदान भैरहेका  छन्।

बबई गाउपालिका वडा नम्बर ३ को एउटा सामान्य परिवारमा जन्मिएका झलनाथ र सल्यान जिल्लामा जन्मिएकी बिपना केसी कलाकारिता आफ्नो रुचिको क्षेत्र रहेको र निकट भविष्यमा आफुहरु  यस क्षेत्रमै स्थापित हुन चाहेको बताउछन।  हामि पनि उनीहरुको  कला र क्षमताको सम्मान गर्दछौं र उज्ज्वल भविष्यको पनि कामना गर्दछौं।

कमल गाउलेको धमाकेदार गाईजात्रा-२०७७ सार्वजनिक

हिमाल खड्का  
साउन ०८ | चर्चित हास्यव्यंग कलाकार कमल गाउलेको २० औं गाइजात्रा के के हुने हो ( k k hune ho ) आज सार्वजनिक गरिएको छ । पत्रकार महासंघ घोराहीमा एक कार्यक्रमका बिच नयाँ गाइजात्रालाई कमल गाउलेको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गाइजात्राका निर्माता तथा कार्यक्रमका सभापति कमल गाउले ले आफू २०औं वर्ष पहिलेदेखि समसामयिक बिषयबस्तुमा हरेक गाइजात्रामा व्यंग्य गर्दै आइरहेको र यसपटक पनि भ्रष्टाचार र बेथितिलाई बिशेश व्यंग गरेर यो गाइजात्रा तयार पारेको बताउनुभयो । त्यस्तै गाइजात्रालाई हेरिसकेपछी अन्त्यमा प्रतिक्रिया दिदै कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले गाइजात्रा एकदमै उत्कृष्ट भएको र समसामयिक बिषयलाई टपक्क टिपेर गाइजात्रा बनाएकोमा कमल गाउलेलाई धन्यवाद दिदै बधाई ज्ञापन गर्नुभयो । देशमा बेथिती र भ्रष्टाचार बढेको बताउदै यस्ता लेख रचनाले मात्रै नभएर अन्य माध्यम बाट पनि युवावर्गहरुले बेथिति विरुद्ध आवाज उठाउनपर्ने शर्माले बताउनुभयो । कमल गाउलेको सभापतित्व रहेको कार्यक्रममा नारायण प्रसाद शर्मा प्रमुख अतिथी रहनुभएको थियो । अतिथिहरुमा पत्रकार महासंघका अध्यक्ष सविन प्रीयासन, एओन टेलिभिजनका प्रवन्ध निर्देशक अमृतमान वली,जेसिज घोराहीका उपाध्यक्ष जगत जिएम,वरिष्ठ पत्रकार सुशील गौतम लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार निमु संगम घर्तिले गर्नुभएको थियो ।