नयाँ पुस्ता

बिबाह खर्च कटाएर विद्यालयलाई रु १,५०,००० सहयोग

अमृतमान वली
दाङ बैशाख २६ | दाङका नवविवाहित एक जोडीले विवाहको खर्च कटाएर विद्यालयलाई रु १५०००० बराबरको पुस्तकालय निर्माण गर्ने घोषणा गरेका छन् ।

दाङ्गको बबई गाउपालिका-२ ट्वाङ्गखोलाका स्थायी वासिन्दा नेपाल बिधुत प्राधिकरण अमुवा वितरण केन्द्र रुपन्देहीका प्रशासन प्रमुख तथा नेपाल ट्रेडयुनियन कांग्रेस प्रदेश न. ५ का युवा समिति सचिव रहेका सुरेन्द्र के.सी. र सल्यान जिल्ला क्षत्रेश्वरी गाउपालिका-३ निवासी तथा रोल्पा नगरपालिका लिवाङ्गमा कार्यरत सव-ओभरसियर मिना खड्का बिच मिति २०७७/०१/२५ गते सु-संम्पन्न भएको शुभ बिवाहको अवसरमा बबई गाउपालिका-३ हंसपुरमा अवस्थित पुरन्धारा बहुमुखी क्याम्पसमा आफ्नो बिबाह खर्च कटौती गरि सार्बजनिक पुस्तकालय स्थापना गर्ने घोषणा गरेका हुन् ।

पछिल्लो समय इन्टरनेट क्रान्तिका कारण पुस्तकको महत्वमा कमजोर आकलन भैरहेको तथा युवा पुस्तामा पुस्तकहरु खोजेर अध्ययन गर्ने बानी कम हुदै गैरहेकोले अध्ययनका लागी प्रेरणा र पढ्ने बानीको बिकास गर्न तथा ज्ञान आर्जनका लागी पुस्तक प्रमुख र महत्व पूर्ण श्रोत हो भन्ने मान्यताका साथ पुस्तकालय स्थापना गर्ने सोच बनाएको केसी दम्पतीले A-one Television संग बताए ।

पक्कै पनि यस्ता विवाह, व्रतबन्ध तथा विभिन्न सभा समारोहका नाममा गरिने अनावश्यक फजुल खर्चहरुको कटौती गर्नु अनुकरणीय कार्य नै हो । के.सी. दम्पतीद्वारा गरिएको उक्त कार्य प्रसंसनिय मात्र नभई यसले समाजमा शिक्षा नै मानिसलाई सचेत, विवेकी तथा साच्चिकै मानवीय बन्न प्रेरित गर्ने पहिलो माध्यम हो भन्ने मान्यतालाई थप मजबुत बनाउदै शैक्षिक तथा सामाजिक क्षेत्रमा अवस्य पनि सकारात्मक सन्देश दिनेछ ।
पछिल्लो समय बिवाह पार्टीका नाममा एक-अर्कामा प्रतिस्पर्धा गर्दै धेरै खर्च गरे समाजमा मान प्रतिस्ठा बढ्ने भ्रामक सोचका कारण चल्दै गएको कुरीतिलाई के.सी.दम्पतीले रोजेको बटोले ठुलो झापट दिदै सकारात्मक सोचको बिकास गर्नमा समेत सहयोग पुर्याउनेछ ।

 

बाख्रा चराउन गएकै बेला बलात्कृत भएकी १६ बर्षिया बालिका यस्तो भन्छिन | हेर्नुहोस भिडियो

हिमाल खड्का
दाङ बैशाख २४ | दाङमा जबरजस्ती करणीको एउटा घटना घटेको छ। दाङको शान्तिनगर गाउँपालिकां ४ कि १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दंगीशरण गाउँपालिका ८ चखौरा का २२ बर्षीय सचिन चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको प्रहरी प्रबक्ता एवं डिएसपी सुमित खड्काले बताए ।
शनिवार जंगल नजिकै रहेको खेतमा गाई बाख्रा चराउन गएको अवस्थामा ति बालिकालाई बजरजस्ती करणी गरेको आरोप लागेका चौधरी भाग्दै गरेको अबस्थामा बालापुर प्रहरी चौकिबाट खटिएको टोलिले दाङ्को चखौराबाट पक्राउ गरेको हो । घटनाकि पिडित १६ वर्षीया बालिका संग हाम्रा सहकर्मी अमृतमान वलीले कुराकानी गरेकाछन । हेर्नुहोस उनीसंग गरिएको कुराकानी ।

खाली खुट्टै हिडेका पैदालयात्रीलाई चप्पल वितरण | Dang

हिमाल खड्का

बैशाख ०८ दाङ | राप्ती गाउँपालिका वडा न. १ दाङ्ग स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई केही दिन देखि नास्ता खुवाउने अभियान संचालन गरिरहेको छ । प्रत्येकलाई एउटा चाउचाउ,एउटा बिस्कुट,चिउरा र एक बोतल पानी बाडिने गरिरहेको र अबदेखी चप्पल बिना पैदल हिडेर आएका र खुट्टा सुन्निएर हिड्न नसक्ने अबस्थामा भएका पैदलयात्रीहरुलाइ चप्पल बितरण गर्ने र गन्तव्य स्थलसम्म पुर्याउने गरिएको क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले जानकारी गराउनु भयो ।

 

बैशाख ४ गते देखि शुरु गरिएको यस अभियानमा विभिन्न सहयोगीदाताहरुले पनि सहयोग गरिरहनु भएको छ । यसै क्रममा सन्तोष रिजाल भालुवाङ हाल दुबई बाट रु ५०००,दीपेन्द्र बिक्रम जि सि भालुवाङ हाल दुबई बाट रु ५०००,कुसुम मगर गढवा गाउपालिका कर्मचारी बाट ५०००, दाङको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी बाट १२ कार्टुन चाउचाउ,१ बोरि चिउरा लुज ग्लोबस सेनिटाइजर लगायतका सामाग्रीहरु,दुर्गा फलफुल पसल भालुवाङ बाट ४ क्यारेट फलफुल,अमृत जनस्वास्थ्य भालुवाङ बाट ३ कार्टुन बिस्कुट र चाउचाउ, लेखनाथ भुसाल भालुवाङबाट ५ पेटि पानी र २ कार्टुन चाउचाउ,लक्ष्मी खनाल भालुवाङ बाट ५ पेटि पानी र १ कार्टुन चाउचाउ,कल्पना शाही भालुवाङ बाट ५ पेटि पानी र १ कार्टुन चाउचाउ,दिपेश पाठक भालुवाङ बाट ५ पेटि पानी र २ कार्टुन चाउचाउ,भुवन केसि भालुवाङ बाट ३ कार्टुन चाउचाउ,हिमा मरासिनि भालुवाङ हेल्थ पोस्टकि सिनियर अनमी बाट ५ पेटि पानी,हेमन्त मरासिनी भालुवाङ बाट ५ पेटि पानी,सरस्वती श्रेष्ठ (मरासिनी) भालुवाङ बाट ५ पेटि पानी र कल्पना पछाई भालुवाङ बाट ३ कार्टुन चाउचाउ र बिस्कुट सहयोग प्राप्त भएको क्लबका अध्यक्ष भिम बहादुर मरासिनी जानकारी गराउनुभयो । यो अभियान लकडाउन अबधिभर संचालन गरिने पनि उहाले जानकारी गराउनुभएको छ ।

अद्भुत क्षमताले दुनियाँ चकित पार्दै दाङकि सावित्रा बि.क. | भिडियो सहित

हिमाल खड्का
बैशाख ५ दाङ | दाङको दङ्गिसरण गाउपालिका ०६ थपगाउकी चेली साबित्रा बि.क. अहिले आफ्नो अद्दभुत नृत्यकलाका कारण चर्चामा रहेकी छिन । नेपाली मौलिक बाजामा फरक खालको नृत्य प्रस्तुत गर्न सक्ने साबित्राले स्थानिय स्तरका विभिन्न कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुत गर्दै आइरहेकी छिन । घुडाले टेकेर चारैतिर घुमेर नृत्य प्रस्तुत गर्ने उनको फरक खालको नृत्य कौशल रहेको छ । सानैदेखि नाच्न भनेपछी हुरुक्कै हुने र भविस्यमा एउटा कुशल नृत्यङ्गना भएर आफ्नो ठाउँ र देशलाई परिचित गराउने लक्ष्य रहेको  उनले हामीसंग गरिएको कुराकानीमा बताएकिछिन ।

हेर्नुहोस उनिसंग गरिएको कुराकानी र उनको यो अद्दभुत नृत्य समावेश गरीएको भिडियो

समाजसेवी भिम बहादुर मरासिनीद्वारा सहयोग वितरण | प्युठान

हिमाल खडका

चैत २६ ,दाङ | कोरोना भाइरसले फैलाएको यो विषम परिस्थिति संग लड्नका लागि विभिन्न ब्यक्तिहरुले आफ्नो तर्फबाट सहयोग गरिरहेका छन । यसै क्रममा प्युठान जिल्ला सरुमारानी गाउपालिकाका समाजसेवी भिम बहादुर मरासिनी (हंसपुरे) ले आफ्नो ब्यक्तिगत तर्फबाट केही सामाग्रीहरु वितरण गर्नुभएको छ ।

भाइरसबाट उच्च जोखिम रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको लागि केही सुरक्षाका सामाग्रीहरु बितरण गर्नुभएको हो । उहाले दर्भान प्रहरी चौकी,बड्डारा प्रहरी चौकी,बाङ्गेसाल स्वास्थ्यचौकी,जसपुर स्वास्थ्यचौकी,हंसपुर स्वास्थ्यचौकी,बड्डारा स्वास्थ्य इकाई,ददरी स्वास्थ्य इकाई र किमिचौर स्वास्थ्य इकाईलाई लुज ग्लोब,सर्जिकल मास्क, सेनिटाइजर, हातधुने साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गर्नुभएको हो ।

साथै सरुमारानी ६ का समाजसेवी युवाहरु खड्ग बहादुर पुन,भागिराम बुढा र कृष्ण बहादुर पुनको बिशेष पहलमा लक डाउनका कारण समस्यामा परेका बिपन्न,जेष्ठ नागरिक,एकल महिला हरुका करिब १२ परिवारलाई प्रति परिवार १० किलो चामल,१ लिटर तेल,१ किलो दाल , १ किलो आयोडिन नुन र नुहाउने साबुन वितरण गरिएको छ ।