अपडेट

नयाँ योग शिक्षकलाई तालिम प्रदान

दाङ, २६ कात्तिक । तुलसीपुरमा नयाँ योग शिक्षकलाई तालिम प्रदान गरिएको छ । उनिहरुलाई पहिलो पटक यस्तो तालिम प्रदान गरिएको हो । राप्ती आयुर्वेद चिकित्सालय योग केन्द्र तुलसीपुर ९ दोघरेको आयोजनामा तालिम भएको छ ।

 

योग केन्द्रका संयोजक ओजबहादर खड्काको अध्यक्षता तथा पतञ्जली योग समिति लुम्बिनी प्रदेशका सल्लाहकार देवराज आचार्यको प्रमुख आतिथ्यता एवं पतञ्जली योगका सल्लाहकार घनश्याम अधिकारीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

 

प्रमुख अतिथि देवराज आचार्यले एउटा मानीसमा बोली, व्यबहार, कर्म, आहार, चिन्तन ल्याउनको लागि योग अपरिहार्य रहेको बताउनुभयो । उहाँले योगले मानीसलाई स्वस्थ्य मात्र नभएर सुसंस्कृत र अनुसाशित समाज निमार्ण गर्न मद्दत गर्न टेवा पुग्ने बताउनुभयो ।

 

तालिमको प्रशिक्षकमा पतञ्जली योग लुम्बिनी प्रदेश प्रशिक्षण बिभाग प्रमुख दिपक बस्याल, लुम्बिनी प्रदेश सञ्चार प्रभारी अरुणकुमार श्रेष्ठ, पतञ्जली योग समिति लुम्बिनी प्रदेशका सल्लाहकार देवराज आचार्य र पतञ्जली योगका सल्लाहकार घनश्याम अधिकारी लगायतका रहनु भएको छ । तालिमको प्रतिबेदन तालिम संयोजक सिता निउरेले प्रस्तुत गर्नु भएको हो ।

 

कार्यक्रममा सहभागि लोकराज गिरी, टिका केसी, शालिकराम न्यौपाने, दिपक शाह, ह्रिङकलाल चौधरी, जानका गैरै, प्रलाद शाह, टोपबहादुर केसी, दानबहादुर बुढाथोकी, गायत्री केसी, यमनारायण सापकोटा, रेखा शर्मा लगायतले तालिम लिएर आफुमा मात्र सिमित नगरेर घर परिवार हँुदै समाजमा योगको महत्वको बारेमा जनाकारी गराउन र सचेत गराउन आवश्य रहेको बताएका छन् ।

 

१ सय १० घण्टासम्म चलेको तालिममा २५ जना बढिको सहभागिता रहेको थियो । प्रशिक्षार्थी नमेश पुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण योग शिक्षक पुर्ण भण्डारीले गर्नु भएको हो ।।

पढ्नको लागी बाहिरी जिल्ला जाने बाध्यता अन्त्य गरेकाछौं- घनश्याम पाण्डे

तुलसीपुर । दाङ्ग क्षेत्र नम्बर ३ क मा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले पढ्नको लागी बाहिर जिल्ला जानुपर्ने बाध्यताको अन्त्य गरेको बताएका छन । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ को पर्सेनीमा आज भएको चुनावि भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ‘कुनै बेला पढ्नका लागी पाल्पा चितवन काठमाण्डौं जाने बाध्यता थियो, तर आज हामिले अन्त्य गरेका छौ’ – पाण्डेले भने । ‘तुलसीपुरको गौरवका रुपमा रहेको मेट्रो कलेज स्थापनाले गरिव तथा विपन्न बर्गको समेत पढ्ने सपना पुरा भएको छ’ । आफु स्थानिय निर्वाचनमा विजयी हुदा तुलसीपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने उद्देश्य अनुरुप स्थापना भएको कलेजमा आज टाढा टाढाबाट विद्यार्थीहरु आएर अध्ययन गरेको उनले बताएका छन ।

उनले तुलसीपुरका छात्रालाई निशुल्क प्राविधिक शिक्षा भन्ने कार्यक्रमले समेत प्रभावकारी रहेको बताए । पढ्ने ईच्छा छ, तर पैसा छैन यो समस्यालाई बुझेर सुरुवात गरेको कार्यक्रमबाट सयौं किशोरी विभिन्न विद्यालयमा निशुल्क अध्ययन गरेको समेत उनले बताए ।

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
whatsapp sharing button
print sharing button
sharethis sharing button

 

तुलसीपुर डान्स आइडलमा आज सेमिफाइनलको प्रतिष्पर्धा हुँदै

दाङ, २५ कार्तिक । तुलसीपुर जारी लोक नृत्य प्रतियोगितामा आज सेमिफाइनलको प्रतिष्पर्धा हुने भएको छ । सेमिफाइनलको प्रतियोगितामा सात जनाले प्रतिष्पर्धा गर्ने आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।

 

नवप्रतिभालाई उजागर गर्नका लागि गत असोज ३० गतेदेखि तुलसीपुरमा लोक नृत्य प्रतियोगितामा संचालन भइरहेको छ । आज सेमिफाइनलबाट छनौट भएकाले फाइनलमा प्रतिष्पर्धा गर्न पाउने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने बिजेताले नगद १ लाखसहित तीन कार्टुन रारा चाउचाउ प्राप्त गर्ने भएको छ । यस्तै दोस्रो हुनेले नगद ५० हजार र दुई कार्टुन चाउचाउ र तेस्रो हुनेले नगद २५ हजार १ कार्टुन चाउचाउ प्राप्त गर्ने भएका छन् ।

एनएमबि बैँकद्धारा ल्यापटप र प्रिन्टर सहयोग

हिरालाल खड्का

दाङ, २४ कार्तिक |अमृतपुर खानेपानी तथा सरसफाई संस्थालाई आज एक थान ल्यापटप र प्रिन्टर सहयोग गरिएको छ । तुलसीपुरमा रहेको एनएमबि बैँक तुलसीपुर शाखाले संस्थाका अध्यक्ष चन्द्रकान्त खरेललाई सो सामग्री हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै बैँकका शाखा प्रबन्धक रमेश रेग्मीले सामाजिक उत्तरदायीत्व अन्तर्गत सामग्री सहयोग गरिएको बताउनुभयो ।

उहाँले बैँकले कर्जा असुली सम्बन्धि कार्यमात्र नभएर सामाजिक कार्यपनि गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो शाखाको तर्फबाट ंसहयोग गरेको बताउनुभयो । साथै उहाँले प्रबिधिमा आधुनिकिकरण गर्नको लागि सहयोग गरेको पनि बताउनुभयो । संस्थाका कोषाध्यक्ष केशव वलीले सामाग्री सहयोग गरेको भन्दै बैँकलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । उहाँले आफु कार्यरत बैँर्क बैँक अफ दि ईयर २०२१’ बाट समेत सम्मानित भएको भन्दै बैँक उत्कृष्ट हुनुमा सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको बताउनुभयो ।

बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद

नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुई जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । गायक क्षेत्री अनुसार सहमतिमै डिभोर्स भएको बताएका छन् ।

शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

रबि लामछानेले भने, ‘दाङको ३ वटै क्षेत्रमा क्लिन स्विप पर्छाैं’ 

दाङ २१ ,कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाङका तीन वटै निर्वाचन क्षेत्रमा घण्टीले क्लिन स्वीप गर्ने दाबी गरेका छन् ।
‘दाङमा विगतमा पनि क्लिन स्वीप भएको इतिहास छ’ दाङ घोराहीकाे चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘यसपटक तीनवटै निर्वाचन क्षेत्रमा यसपटक घण्टी बज्छ । घण्टीले क्लिन स्वीप गर्छ।’
रवीले दाङ–२ का उम्मेदवार ईञ्जिनियर विशाल अधिकारीलाई जिताउँन भन्दै भोट समेत मागे । उनले दाङका जनताले ईञ्जिनियर विशाल अधिकारी जस्तो युवा र सक्षम उम्मेदवारलाई पाएकाले घण्टी चुनाव चिन्हमा मतदान गरेर विजयी बनाउन आग्रह गरे । https://www.facebook.com/merotvonline96/videos/647805843678348

ज्योतिपुञ्ज घोराही र ज्योतिपुञ्ज मोडेल रामपुरमा विद्यार्थीका लागि अनलाइन ई—हाजिरी शुरु

दाङ १० ,असोज  ।

दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुर स्थीत ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुका लागि अनलाइन ई—हाजिरी शुरु गरेको छ । घोराहीको भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराही—२ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुलाई मेशिनबाट गराइने अनलाइन इ—हाजिरीको शुरु गराएका हुन् ।

विद्यार्थीहरुको उपस्थिती जुनसुकै स्थानबाट पनि प्रशासकहरुले निगरानी गर्ने, विद्यार्थीहरुको हाजिरीलाई पेपरलेस बनाउने, विद्यार्र्थीहरुको नियमितताको अद्यावधिक गर्ने,अभिभावक अन्तरक्रिया कार्यक्रममा छोराछोरीको उपस्थितीका विषयमा छलफल गर्ने लगाएतका उद्देश्यहरु राखेर दुवै विद्यालयमा अनलाईन ई—हाजिरी शुरुवात गराइएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रा.लि. का प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

ई—हाजिरलाई छिट्टै अभिभावकको मोवाइल नम्वरमा म्यासेज जाने ब्यवस्था गर्न लागिएको विद्यालयले जनाएको छ । विद्यार्थी विद्यालयमा आएर हाजिर गर्दा र पढाई सकेर घर जानेबेला गरिने हाजिरको सन्देश उनीहरुका अभिभावकको मोवाइलमा म्यासेज जाने ब्यवस्था समेत गर्न लागिएको प्रालिका प्रवन्ध निर्देशक शर्माले जानकारी दिनुभयो ।

ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयमा आँखाको रेटिना स्क्यानको माध्यमबाट र ज्योतिपुञ्ज मोडेलमा फिङ्गर प्रिन्टका आधारमा विद्यार्थीको ई—हाजिरी शुरुवात गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले जनाएको छ ।

विद्यार्थीहरुलाई अनलाइन ई—हाजिरी शुरु गराएपछि विद्यार्थीहरुको नियमिततामा प्रभावकारीता बढेको, नयाँ प्रविधि भएकोले विद्यार्थी र अभिभावक समेत उत्साहीत भएको पाइएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।

अनलाईन इ—हाजिरी सुरु भएपछी आफूहरुले जुनसुकै स्थानबाट पनि विद्यार्थीहरुको नियमित अपडेट र मोनिटरिङ गर्न पाइएको ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालय रामपुरका प्रिन्सिपल शिव भण्डारीको भनाई रहेको छ ।

शिक्षा सेवा आयोग र शिक्षक सेवा आयोगको मोडेलमा मासिक बिशिष्टकृत परीक्षा प्रणाली, मोवाइल एप्सबाट विद्यार्थी र विद्यालयका गतिबिधिलाई अभिभावकलाई जानकारी गराउने बिधि,मासिक रुपमा अभिभावक शिक्षा तथा अन्रक्रिया कार्यक्रमको संचालन, पि.एच.आए. कार्यक्रमबाट अतिरिक्त पढाईको ब्यवस्था, प्रिजेन्टेशनमा आधारित विद्यार्थीहरुलाई अतिरिक्त गृहकार्य, प्रोजेक्ट बिधिबाट पढाई,विद्यार्थीहरुको डिजिटल संचित अभिलेखिकरण लगायतका अतिरिक्त व्यवहारीक विशिष्ट कार्यक्रमहरु सहित विद्यालयले ब्यवहारिक र जीवनोपयोगी कार्यक्रमलाई समेत समेटेर दुवै विद्यालय सञ्चालन गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रा.लि. का प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

युवाहरुको समुह द्धरा आशादीप नेपालमा सहयोग प्रदान ।।

टंक मल्ल

असोज ८,काठमाण्डौं। आशादीप नेपालमा युवाहरुको समुहले  शनिबारका दिन सहयोग वितरण गरेका छन् ।  प्रशान्त कुमार आग्री, दिपा आग्री, मदन गजमेर,अशोक बि.क, अमर सिंह पन्त, केशव कार्की, सुबोल थापा,गौरव बि.क,सुशील आग्री लगायतका युवा समुहले आउदै  गरेको बडा दशैको लागि हुने आफ्नो खर्च कटौति गरी सहयोग गरेका हुन् ।

आशादीप नेपाल संस्थाका लागी कपडा, दाल चामल, फलफुल, बिस्कुट र चाउचाउ लगाएतका  सामान वितरण  गरेका छन् ।  करिव ३० बर्ष देखि सञ्चालनमा आएको यस संस्था मानसिक स्वास्थ्यमा समर्पित रहेको  छ ।

काठमाण्डौंको नयाँपाटी, सुन्दरीजलमा रहेको यस संस्थामा महिला पुरुष गरी ३० जना रहेको  छन् । प्रशान्त कुमार आग्रीको नेतृत्वमा वितरण गरिएको  यस कार्यक्रमा  आशादीप नेपालकी संस्थापक टिम समेत रहेकी सन्तोषी खड्काले यति धेरै सहयोग पाउँदा खुशी व्यक्त गरेकी छन । यसै गरि अरु युवाहरु पनि यस्तो कार्यमा लाग्न आव्हान समेत  गरेकी छन्।

समाजसेवी तथा अनलाईन व्यबसायी समेत रहेका प्रशान्त कुमार आग्रीले सहयोग वितरण गर्न पाउँदा एकदमै खुसी एवम हर्षित भएको बताएका छन् । पहिला पनि आफ्नो गाउँका धेरै संस्थाहरुमा सहयोग गरी सकेका प्रशान्तले यो पटक पनि आशादीप नेपालमा सहयोग गरेका हुन् । यस्ता असक्त  बिरामीलाई  सहयोग गर्नु सबैको कर्तब्य भएको समेत बताए । यो हाम्रो  सानो  प्रयास  मात्र हो, भाग्यले साथ दियो भने  सहयोग सहित फेरी पनि आउने बाचा गरेका छन ।

कलाकार राजु महोत्रा आफ्नै निवासमा मृत फेला परे

असोज ७ बुटवल ।

बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।दर्जनौं म्युजिक भिडियो निर्माण गरेका र आफै अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । अहिले महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा र उनको श्रीमतिले डोको बोकेर, पछ्यौरी,यमुना जस्ता र्दजनौ म्युजिक भिडियोमा संगै अभिनय गरेका थिए । महोत्रा कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए ।

चितवनबाट भारतीय महिला पक्राउ

हिरालाल खड्का
असोज ५ चितवन । चार बर्षको बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ ।
आज बुधबार दिउँसो करीब १२:३० बजे भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जनगरबाट ४ बर्षका बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको  रहसी गाउँ बस्ने अनिता पाल अन्दाजी बर्ष ३८ की हुन्।
उनलाई नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा  ४ दिन  म्याद लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ । पछिल्लो समय बालबालिकाहरुलाई फकाई फुल्याई लैजाने वा चोर्ने गिरोह सक्रिय रहेको चर्चा हुँदै आएको छ ।