मगरदाङ्गका आमाहरूकाे काम: रक्सी,जुवातास र लागुपर्दाथ सेवन निषेध !

प्रकाश अधिकारी

पाेखरा । समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ स्थापना भएको मगरदाङ्ग आमा समूहले गाउँसभा मार्फत सामाजिक नीतिनियमहरु तथा नयाँ ज्यालादर तोकेको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसंगतिको अन्त्यको लागि सक्रिय समुहले समाजमा जुवातास खेल्न तथा लागुपर्दा सेवन गर्न निषेध गरेको आमा समुहकी अध्यक्ष राजमति बुढाले बताउनु भयो । उहाँले गाउँभरिका पसलहरुमा सिसा, वियर तथा रक्सीका कुनैपनि आइटम लिएर बेचविखन गर्न नपाइने नियम बनाइएको बताउनु भयो ।

मालिका गाँउपालिका ५ मगरदाकी निवर्तमान वडा अध्यक्ष पीपला बुढापनि समाजका उन्नत विशेषताहरूको संरक्षण गर्दे विकृति र अडमिल्दा चरित्रहरू परिवर्तन गर्न समुहलाई सल्लाह दिनुहुन्छ । समाजका समस्या र विकृति तथा अवसर र खुबी पहिचान गरी विकृति नियन्त्रण गर्ने र खुबीअनुरूप अवसरको लाभ लिन नागरिकलाई सक्षम बनाउने भूमिका खेल्नु पर्ने  उहाँकाे समुहलाई सझाव छ।

स्थानिय शिक्षक तथा समुहकी सविच सुनिता पुनले सभ्य समाज निमार्णको अभियान सबैको साझा भएको बताउनु भयो । उहाँले सकरात्मक समाज परिवर्तन आमा समुहले जुवातास खेल्न, मद्यपान तथा लागुपदार्थ सेवन विरुद्ध सचेतना मुलक कार्यक्रम संचालन गरिरहेको बताउनु भयो । हामीले समाजमा मद्यपान, जुवातास तथा लागुपर्दाथ सेवन गर्न निषेध गरेका छौँ । कसैले नियमविपरित कार्य गर्ने गराउने रक्सी खाएर समाजमा हो–हल्ला, झैझगडा तथा अशान्ती फैलाउने व्यक्तिलाई पहिलो पटक रु ५,०००। दोस्रो पटक रु १०,००० । र तेस्रो पटक १५,००० । जरिवाना सहित प्रहरी प्रशासनलाई जिम्मा लगाइने नियम बनाइएका छौ । उहाँले भन्नु भयो ।

समुहले गाँउसभा बाेलाएर सामाजिक नीतिहरूमा केही कडाइ गरकाे छ भने निरन्तररूपमा समुह / टाेलटाेलमा सेचतना कार्यक्रम , घरदैलाे तथा नियमित सरसफाइ कार्यक्रम संचालन गरिरहेकाे छ ।

 

नयाँ ज्यालादर, खाद्यन्न र गेडागुडीको मूल्य निर्धारण

साथै समुहले खाद्यन्नको मूल्य निर्धारण तथा नयाँ ज्यालादर पनि तोकेको प्रेस नोट मार्फत जनाएको छ । समुहका अध्यक्ष राजमति बुढाथोकी पुन,सचिव सुनिता पाइजा पुन , कोषाध्यक्ष जुना घर्ती, देउताभिर युवा क्लबका अध्यक्ष दोरन फगामी र गाँउ सुधार समितीका अध्यक्ष कुमार फगामीले हस्ताक्षर गरेको नोटमा समुहले तोकेको समय, मूल्य तथा निषेधित कार्य गर्ने गराउन उस्काउने सबैलाई कानूनबमोजिम कारवाहीको लागि सिफारिस समेत जानकारीको लागि अनुरोध छ गरीएको छ ।

समुहले तोकेको नयाँ ज्यालादर तथा खाद्यन्न र गेडागुडीको मूल्य तल उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमै पहिलो पटक होलिमा स्पेनमा मनाईने ला-टोमिटिनो फेस्टिवल

Fri Mar 3 , 2023
फाल्गुन १९ , काठमाडौ  | असत्यमाथी सत्यको जित र हर्षका रुपमा बसन्त रितुको उमङमा मनाईने होली पर्वलाई नेपालमै पहिलो पटक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलको आयोजनामा होली महोत्सोब तथा ला-टोमिटिनो फेस्टिबल हुने भएको छ । । काठमाडौमा आज एक पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम बारे जानकारी दिईएको छ । फाल्गुन २२ […]

You May Like