‘हुन्छ बहादुर’बाट विकास हुन्न भन्ने जनताले बुझेका छन घनश्याम पाण्डे

टंक मल्ल

दाङ,कात्तिक २८ । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेले घरदैलो तथा चुनावि सभा जारी राखेको  छ । निर्वाचनको मिति नजिकिए सगैं उम्मेदवारको दौढधुप पनि झनै बढेको छ । यसैक्रममा एमालेले आज तुलसीपुर उपमहानगरपालीका को वडा नम्बर ३ भट्टे, कालामारे क्षेत्रमा चुनावि सभा गरेको छ । सभालाई सम्बोधन गर्दै प्रदेश सभा (क) का उम्मेदवार घनश्याम पाण्डेले चुनावको बेला कांग्रेसले फित्ता आतंक मच्चाएको बताएका थिए ।
उनले कांग्रेसका उम्मेदवार डिल्ली बहादुर चौधरीले चुनावको मुखमा योजना परेको भनि जनता झुक्याउन फित्ता लिएर नाप्न पठाएको बताएका थिए ।

अहिले चुनावमा फित्ता लिएर गाउँमा पठाउने  उम्मेदवार पाँच बर्ष कहा थिए ? उनले प्रशन गरे । विकास गर्छु भन्ने अनि जनता ठाट्दै हिड्नेलाई निर्वाचन मार्फत जनताले जवाफ दिने उनले बताएका थिए । उनले एमाले प्रती दैनिक जसो प्रबेशको लहर बढेको हुदा जित सुनुश्चित भएको दावि समेत गरे । साथै दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार कोमल वलीले जनताले चाहेको जस्तो विकास दिने बताएकि छिन । जिल्लाको बबई गाउपालीका वडा नम्बर २ को बगरपुरमा भएको चुनावि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन । उनले यँहाका जनताको लागी  सडक, खानेपानी, सिचाईका साथै शिक्षाको सवालमा योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाएकि थिईन ।

उनले विगतमा पटक पटक एउटै ब्यक्तिलाई चुनाव जिताएर पठाउदा विकासले गती लिन नसकेकोले यसपाली आफ्नो मत बदल्न आग्रह समेत गरेकि थिइन । आफु जनताको दैनिकी परीवर्तन गर्ने देखि पुर्वाधारको क्षेत्रमा विकास गर्न अघि बढेको उनले बताएकि थिइन । मतदाताको घरदैलोमा जादा आफु उत्साहित भएकोले उनको भनाई थियो । साथै दाङ निर्वाचन क्षेत्र नम्बर ३ म ख मा एमालेबाट प्रदेश सभाका उम्मेदवार हुकुम बहादुर बस्नेतले पश्चिमका जनताको सपना साकार पार्ने बताएका छन ।

आज बबई गाउपालीका वडा नम्बर २ को विजयनेटा हंशपुरमा भएको चुनावि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।  यहाँका जनताका थुप्रै समस्याहरु बारे आफुजानकार रहेकोले निर्वाचित भएको बर्ष दिनमा देखिने गरि काम गर्ने बताएका थिए ।  देशभर एमालेमा जनताको आकर्षण बढेको हुदा मुलुकको समृद्धिको लागी सुर्यमा मतदान गर्न आग्रह समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रथम लुम्बिनी प्रदेश स्तरिय महोत्सव दाङमा

Tue Nov 15 , 2022
तुलसीपुर, २९ कात्तिक । दाङको तुलसीपुरमा संचालन हुने प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिएको छ । आगामी मंसिर १५ देखि २६ गतेसम्म संचालन हुने महोत्सवमा स्टल निर्माणदेखि मञ्च व्यवस्थापनको काम भइरहेको छ भने महोत्सवमा आउने राष्ट्रिय तथा स्थानीय कलाकारको टुंगो लागेको छ । युथ्स अफ […]

You May Like