आफ्नै घरसम्म बिकास पुर्‍याउन प्रकृति मास्दै नेता

सन्ताेष शर्मा रोल्पा । ४ वर्ष पहिलेको प्राकृतिक , हरियाली सौन्दर्यले भरीपुर्ण रोल्पाको होलेरी अहिले उजाड र उराठ लाग्दो अवस्थामा देखिन्छ । यो परिवर्तन स्थानिय जनताको चाहना र इच्छाले होइन। यो यहाँका कुनै नागरिकको अति अभिरुचीले भन्दापनि स्वयं होलेरी गाउँपालिका र होलेरीमा क्रियाशील केही राजनीतीक दलका नेताहरुको स्वार्थले भएको परिवर्तन हो। स्थानिय जनताको भनाइमा स्थानिय नेता र केही दलको मिलेमतोमा गाउँपालिका अध्यक्ष बालाराम बुढा स्वयं होलेरीको सौन्दर्य उजाडमा लागेका छन।

स्थानिय राजनीतिक दलहरुको मिलेमतोमा होलेरीकै सौन्दर्य बोकेको सामुदायिक वनको चुचुरो काटेर सुरु भएको बन विनास कार्य विस्तारै यस क्षेत्रभित्र एकपछि अर्को योजनाका नाममा हरियाली वन मास्ने काम निरन्तर जारी छ। यहि हिसावले बिना योजना, बिना तर्जुमा बाताबरण मुल्यांकन नगरि हरिया डाडाहरु मात्रै मास्ने हो भने एकातिर वन मासिने र अर्कोतिर बस्तीमा पहिरोको जोखिम पनि बढ्दै गएको स्थानीयको गुनासो छ ।

स्थानीय नेताहरुकै अगुवाइमा वन कार्यालयको स्वीकृति विनानै उक्त वनभित्र त्यहाको कच्चापदार्थ उत्खनन गर्न एक निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । जहाँ वन नियमावली अनुसार सामुदायिक वनक्षेत्र भित्र कुनैपनि उत्खनन गर्न वन विभाग वा वन कार्यालयको स्वीकृति लिनुपर्ने हुन्छ अझ त्यसमा पनि वातावरण मुल्यांकन इ आइ सम्मको पक्रिया पूरा गर्नुपर्ने हुन्छ।

No description available.

प्राकृतिक सौन्दर्य,वातावरणिय प्रभावलाई समेत बेवास्ता गर्दै पुरै जङ्गल नै विनास हुदापनि १० मिटरको दुरीमा रहेको ईलाका बन कार्यालयका कर्मचारीहरु मौन बस्नुले कतै यिनिहरुकै मिलेमतोमा त यो सबै काम भैराखेको छैन? स्थानियको आशंका हुनु स्वभाबिक नै हो।

यसरी कारवाही गर्ने रक्षक नै मौन देखिएपछि आवाज उठाउने एकदुइ जनाको के नै लाग्छ र बोल्नेहरुलाई समेत थामथुम पारिएको स्थानीयको आरोप छ । खै कहाँनेर भागवन्डा मिलेन वा के चिजको कमीले हो अहिले यो उजाड अवस्थामा छ । एक स्थानीयले भने “मुद्धाकै पक्रियामा छ भन्ने सुनिन्छ, सुरुमा सामुदायीक वनकोे भवन वनाउने,वचेको फिल्डलाई अन्य प्रयोजनका लागी प्रयोग गर्ने भन्ने सुनेको तर अहिले वनाउनु पर्छ भनेर आफै मुद्धा हालेको पनि भन्छन ।”

त्यहा जिम्मा दिएको निर्माण कम्पनीले लगभग १० करोड भन्दा बढिको कच्चा पदार्थ लगिसकेको स्थानीयको अनुमान छ । तर न कम्पनिले वाचा गरेको काम पुरा गर्यो न यहाँका राजनीतीक दलहरुले न त गाउँपालिका नै अहिले यो कुराको जिम्मा लिन तयार छ।

जसले गर्दा अति सुन्दर हरियाली होलेरी वजारको मुखमै अति कुरुप दृश्य देख सकिन्छ। यसका साथसाथै डुब्रिङ जाने वाटो नै ध्वस्त बनेको छ भने त्यहा गाडिएका विद्युतका पोलहरु पनि जोखीममा परेका छन।

गाउँपालिका अध्यक्षको स्वार्थ र दम्भको अर्को परिणाम:

यतिमात्र होइन रुन्टीगढी गाउँपालिकाले नै कानुनको धज्जी उडाउदै एकपछि अर्को मनोमानी ढंगले काम गर्दै गएको स्थानिय काङ्ग्रेसका सभापती जनक पुन बताउछन् ।

उनका अनुसार आ.ब. ०७५/७६ मा प्रदेश सरकारले रुन्टीगढी गाउँपालिकामा खेलमैदानका लागी रु.३५ लाख बजेट दिएको थियो । तर गाउँपालिका अध्यक्ष बालाराम बुढाले गाउँपालिकादेखी करिव १ सय मिटर दुरीमा रहेको खेलमैदानलाई लत्याउदै प्रक्रियामा नै नगई सामुदायिक वनविनास गर्न आफनो घर नजिकै लगेको वताए ।

No description available.

उनले तत्कालिन जिविसको करीव रु. १५ लाख रुपयाँमा बनेको खेल मैदानलाई थप मजबुद वनाउनुको साटो गाउँपालिका अध्यक्ष बुढाले डुब्रिङ जाने पुरानो मुख्य सडक नै मास्ने गरी खेल बजेटको दुरुपयोग गरेको आरोप समेत लगाए। यसका लागि गाउँपालिका अध्यक्ष बुढाले आफ्नै श्रीमतीलाई उपभोक्ता समितीको कोषाध्यक्ष समेत बनाएका छन।

अध्यक्ष बुढाले एकलौटी ढङ्गले यसरी वन मास्ने काम गरेका कारण आफुहरुले काममा भएका कमजोरी सच्चाउन सम्बन्धीत निकायमा आग्रह गरेको र काम रोक्न लगाएको स्थानीयहरुको भनाइ छ। आ.ब. ०७५/७६ मा खेलमैदानका लागि आएको वजेटको रकम रु. १५ लाख मात्रै खर्च भएको र बाकी रकम फिर्ता भएको थियो ।

सोही वर्ष स्थानिय जनताको व्यापक जन गुनासो आएका कारण काम रोकिएको भएपनि अर्को वर्ष कामलाई निरन्तरता दिने भन्दै गाउँपालिका अध्यक्ष बुढाले फेरि गाउँपालिकाकै रु. १७ लाख वजेट हाल्ने काम गरे। यसले पनि काम सम्पन्न हुन सकेन । फेरि चालू आर्थिक बर्षमा पनि रु. २० लाख बजेट छुट्याएर काम चलीरहेको भएपनी खेल मैदान सम्पन्न हुने देखिदैन।

अर्कोतिर अध्यक्ष बुढाले बलमिच्याइ पुर्वक नयाँ वाटोका लागी छुट्याएको झण्डै रु. २० लाख खर्च भैसक्दा पनि बाटोको काम अझै वाकी नै छ । यसरी पुरानो बाटोलाई नै विस्थापित गरी सामुदायिक बन मासेर खेल मैदान वनाउने अध्यक्ष बुढाको स्वार्थले होलेरीको बिकासको गति ठप्प मात्र भएको छैन कि सामुदायिक बनबाट ढुङ्गा निकासीले गर्दा त्यहाको हरियाली जङ्गल पनि बिनास भएको छ।

No description available.

जसले गर्दा होलेरी झनै उजाड र सुख्खा त देखीयो नै बन मासिएकाले बातावरणमा समेत असर पार्ने स्थानियको भनाइ छ। बर्सेनि खेल मैदानका नाममा पालिकाको बजेट सिध्याउने अध्यक्षको कामले गर्दा सो खेलमैदान सम्पन्न हुँदासम्म झण्डै अढाइ करोड खर्च हुने स्थानीयहरुले अनुमान लगाएका छन ।

स्थानीयहरुको भनाइमा तलबाट छुट्टै बाटो बनाउदा, लेबल मिलाउदा र मैदानलाई आकार दिदा सम्म हुने खर्चले त गाउँपालिकाले उपयुक्त स्थान छनोट गरेको भए रोल्पाकै नमुना खेलमैदान वनाउन सकीन्थ्यो वा थोरै लगानीमा निर्माण सम्पन्न गरी बाकी रकम गाउँकै अन्य विकास वजेटमा खर्च गर्न सकिन्थ्यो। अहिले पुरानो वाटोलाई खेलमैदानमा मासेर नयाँ वाटो वनाइन लागेको हो।

नयाँ वाटो वनाउने वजेट र अग्लो, भिरालो जमिनको लगानीमा बन्दै गरेको खेलमैदान तयार हुदा सम्म अढाइ करोड खर्चहुने अनुमान स्थानीयहरुले गरेका हुन । खर्च त हुने नै छ यसका साथसाथै वनपनी मासिएर उजाड हुने खतराले स्थानियहरु बढि चिन्तीत हुन थालेका छन ।पर्यटनको मुख्य नारा बोकेको होलेरी गाउँपालिकाले नै पर्यटन तर्साउने गरी होलेरीको स्वरुप नै विगार्नेतर्फ लागेको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दार्मा गाउँपालिका सल्यान द्वारा ३९ करोड ७० लाख ४० हजार बजेट प्रस्तुत

Fri Jun 25 , 2021
  टंक मल्ल, असार ११/ दार्मा गाउँपालिका सल्यानले अर्थिक वर्ष २०७८/०७९को बजेट सार्वजनिक गरेको छ ।दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर के.सी.ज्यूले २०७८ असार ०८ गते नवौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमका आधारमा उपाध्यक्ष टीका शर्मा वलीले २०७८ असार १० गते प्रस्तुत गर्नु भएको बजेट वक्तव्यको संक्षेप यस प्रकार रहेको छ : […]